पूँजीबजार सुधारका लागि तीनओटै निकायले पेश गरे कार्ययोजना

काठमाडौं । धितोपत्र बजारसँग सम्बद्ध प्रमुख तीन निकायले अर्थ मन्त्रालयमा पूँजीबजारको विकास र विस्तारको कार्ययोजना पेश गरेका छन् । मन्त्रालयले फागुन २७ गते नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) लाई पूँजीबजारका तत्कालका समस्या समाधानका लागि आवश्यक कार्ययोजना पेश गर्न भनेको थियो । तीनओटै निकायले मन्त्रालयको निर्देशनबमोजिम कार्ययोजना पेश गरेको जानकारी दिएका छन् । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले १८ बुँदे कार्ययोजना पेश गरेको बताएको छ । सरोकारवाला सबै पक्षसँग छलफल गरी बोर्डले १८ बुँदे कार्ययोजना तयार गरेको बोर्डका कार्यकारी प्रमुुख डा. नवराज अधिकारीले बताए । अधिकारीका अनुसार पूँजीबजारका सबै सरोकारवाला निकायसँगको छलफलबाट तयार गरेको १८ बुँदे कार्ययोजना बोर्ड सञ्चालक समितिको निर्णयबमोजिम अर्थ मन्त्रालयमा पेश गरिएको हो । बोर्डले ३१ ओटा बुँदा बनाए पनि तत्काल कार्यान्वयन गर्न आवश्यक रहेका र गर्न सकिने १८ बुँदे कार्ययोजना मात्र अर्थ मन्त्रालयमा पेश गरिएको अधिकारी बताउँछन् । पूँजीबजारसम्बद्ध नीतिनियमलाई समसामयिक बनाउने, सूचना प्रविधिलाई चुस्त दुरुस्त बनाउने, बोर्ड, नेप्से र सीडीएससीको क्षमता अभिवृद्धि गर्ने, धितोपत्र कारोबारमा लाग्नेले पाउने सेवासुविधालाई समेत समयसापेक्ष बनाउने कार्ययोजना १८ बुँदामा समेटिएको अधिकारीले बताए ।  आम लगानीकर्ता र धितोपत्र बजारसँग जोडिएका सबै पक्षको हितका लागि बोर्डले महत्त्वपूर्ण कार्ययोजना अघि सारेकाले अर्थले विशेष प्राथमिकताका साथ तिनलाई सफल बनाउन भूमिका खेल्ने अपेक्षा आफूहरूको रहेको कार्यकारी प्रमुख अधिकारीले बताए । नेप्से र सीडीएससीले पनि छुट्टाछुट्टै सुझाव पेश गरेका छन् । नेप्सेले आफ्नै पुन: संरचना, इन्ट्रा डे ट्रेडिङ र डेरिभेटिभ मार्केट सञ्चालनको वातावरण बन्नुपर्नेलगायत सुझाव पेश गरेको प्रबन्धक निरञ्जन फुयालले जानकारी दिए ।  त्यस्तै सीडीएससीले संस्थागत लगानीकर्ताको संख्या बढाउनुपर्ने, पूँजीगत लाभकर बढाउनेभन्दा घटाउने नीति लिनुपर्ने, बजारमा धितोपत्र औजारको विविधीकरण हुनुपर्ने, धितोपत्र बजारसम्बन्धी ऐन कानूनमा द्विविधा हुन नहुनेजस्ता सुझाव पेश गरेको कम्पनीका सूचना अधिकारी सुरेश न्यौपानेले बताए । अर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्रको विकासमा पूँजीबजारले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै पूँजीबजारमा तत्काल गर्न सकिने योजना माग गरेका हुन् । पूँजीबजारको विकास र विस्तारमा चासो देखाएका अर्थमन्त्री पुनले तीनओटै निकायबाट पेश भएका सुझाव र कार्ययोजनाको आधारमा काम गर्ने अपेक्षा सरोकारवालाको छ ।  फागुन २३ गते अर्थमन्त्री नियुक्त भएका पुनले पूँजीबजारको विकास र विस्तारमा शुरूका दिनदेखि नै चासो देखाएका छन् । अर्थमन्त्री पुनले पूँजीबजारको सुधारका लागि देखाएको चासोका आधारमा तीनओटै निकायबाट प्राप्त कार्ययोजना समेटेर चाँडै नै राम्रो निर्णय हुने अपेक्षा गरिएको लगानीकर्ता तिलक कोइरालाले बताए । पूँजीबजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने कार्यमा अर्थमन्त्री पुनमार्फत धमाधम निर्णय आउने विश्वास उनको छ ।  नेपाल धितोपत्र बोर्ड  पूँजीबजारसम्बद्ध नीतिनियमलाई समसामयिक बनाउने  सूचना प्रविधिलाई चुस्त दुरुस्त बनाउने  बोर्ड, नेप्से र सीडीएससीको क्षमता बढाउने नेपाल स्टक एक्सचेन्ज  नेप्सेको पुन: संरचना  इन्ट्रा डे ट्रेडिङको वातावरण निर्माण  डेरिभेटिभ मार्केट सञ्चालन  सिडिएस एन्ड क्लियरिङ लि  संस्थागत लगानीकर्ताको संख्या वृद्धि   पूँजीगत लाभकर घटाउने नीति  बजारमा धितोपत्र औजारको विविधीकरण   ऐन कानूनका द्विविधा हटाउन

सम्बन्धित सामग्री

कालिकोटमा शैक्षिक सुधारका लागि पढाइ मेला

कालिकोटको नरहरिनाथ गाउँपालिकाले सार्वजनिक शिक्षा सुधारका लागि पहिलो पटक पालिका स्तरीय पढाइ मेला संचालन गरेको छ।...

कालिकोटमा शैक्षिक सुधारका लागि पढाइ मेला

कालिकोटको नरहरिनाथ गाउँपालिकाले सार्वजनिक शिक्षा सुधारका लागि पहिलो पटक पालिका स्तरीय पढाइ मेला संचालन गरेको छ।...

सुधारका लागि मतको संकेत

निर्वाचनको प्रारम्भिक मत परिणामले सुधारका निम्ति पर्याप्त सन्देश दिएको छ। आममतदाताको यो मनोभाव बुझ्नु जरुरी छ। बेलैमा मतदाताको मनोभाव नबुझ्ने हो भने नेपाली कांग्रेस र नेकपा (एमाले) ले भविष्यमा अरू धेरै असफलताको सामना गर्नुपर्ने निश्चित छ।...

सहरकै विद्यालय सुधारका लागि चन्दा संकलन गरिँदै

जिल्लाको सदरमुकाम घोराही बजारसँगै रहेको एक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि चन्दा संकलन सुरु गरिएको छ ।घोराही उपमहानगरपालिका–१८ गिठेपानी फुर्सेखालीमा रहेको आधारभूत विद्यालय गिठेपानीको शैक्षिक तथा भौतिक सुधारका लागि चन्दा संकलन गर्न सुरु गरिएको हो । विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि पटकपटक विभिन्न निकायमा धाए पनि कुनै पनि सहयोग नपाएपछि चन्दा अभियान सुरु […]

सामुदायिक विद्यालयमा सुधारका कार्य अगाडि बढाइदै

कञ्चनपुर– शिक्षालाई समयानुकूल बनाउन कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा सुधारका कार्य अगाडि बढाएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक सङ्घ, संगठन, राजनीतिक दल र शिक्षाविद्सँग छफल गरी सुझाव संकलन गरेर सोही आधारमा विद्यालय सुधारका कार्य अगाडि बढाइएको नगर प्रमुख हेमराज ओझाले बताए । ‘सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलानको कार्य पूरा गरेका […]

कृष्णपुर नगरपालिका विद्यालय सुधारका कार्य अगाडि बढाउँदै

काठमाडौँ,१ कार्तिक । शिक्षालाई समयानुकूल बनाउन कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा सुधारका कार्य अगाडि बढाएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक सङ्घ, सङ्गठन, राजनीतिक दल र शिक्षाविद्सँग छफल गरीे सुझाव सङ्कलन गरेर सोही आधारमा विद्यालय सुधारका कार्य अगाडि बढाइएको नगर प्रमुख हेमराज ओझाले बताए । “सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलानको कार्य […]

शिक्षामन्त्री पौडेलले मागे विश्वविद्यालय सुधारका योजना

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय सुधारका योजना मागेका छन् । सोमबार मन्त्रालयमा त्रिभुवन विश्विद्यालयका उपकुलपतिसहितको छलफलमा मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालय सुधारका योजना मागेका हुन् ।“मन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको छ,” मन्त्री पौडेलले भने, “देशका ८० प्रतिशत विद्यार्थी ओगटेको विश्वविद्यालयले नयाँ योजना दिनुुप¥यो हामी कार्यान्वयनको प्रक्रियामा लैजान्छौं ।”मन्त्री पौडेलले वार्षिक एक खर्बभन्दा बढी […]

शिक्षामन्त्री पौडेलले मागे विश्वविद्यालयको सुधारका योजना

शिक्षामन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय सुधारका योजना मागेका छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहितको छलफलमा उनले त्रिवि सुधारका योजना मागेका हुन् । मन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको र देशका ८० प्रतिशत विद्यार्थी ओगटेको...

धराशायी संस्थान सुधारका लागि अर्थ मन्त्रालयले बनायो कार्यदल

अर्थ मन्त्रालयले आफ्नो मातहतमा रहेका धराशायी सार्वजनिक संस्थानहरूलाई सुधारका लागि विशेष कार्यदल बनाएको छ । धराशायी अवस्थामा सञ्चालित सार्वजनिक संस्थाहरूको सुधारका लागि सरकारले यसअघि धेरै लगानी उपलब्ध गराउँदा र ऋणको व्यवस्था गर्दा पनि अपेक्षाकृत रूपमा माथि उठ्न नसकेको भन्दै अर्थ मन्त्रालयले यस्ता धराशायी सार्वजनिक संस्थान सुधारका लागि विशेष कार्यदल बनाएर अघि बढ्ने प्रक्रिया थालनी गरेको हो । अहिलेको मागअनुरूप आवश्यक देखिएमा धराशायी अवस्थाका संस्थानहरूलाई कम्पनी मोडलमा लगेर सार्वसाधारणलाई लगानी सुनिश्चित गर्ने योजना पनि अर्थ मन्...

न्यायालय सुधारका लागि आठ विषयमा धेरै सुझाव

काठमाडौँ– न्यायालय सुधारका लागि अध्ययन समितिले आठ विषयमा धेरै वटा सुझाव पेश गरेको छ। बिहीबार न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको ‘न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति, अनियमितता, भ्रष्टाचार एवं बिचौलियाको प्रभाव रोकथामका उपायहरूका सम्बन्धमा सुझाव’ दिन गठित अध्ययन समितिले नेपालको न्याय प्रणाली सुधारका लागि आठ विषयमा केन्द्रित गरेर दर्जनौँ सुझाव पेश गरेको हो। न्यायपालिकालाई विकृत बनाउने विभिन्न ११ […]