निषेधाज्ञाः जोर बिजोर प्रणाली हट्यो, भाैतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न अनुमति

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी साधानमा लगाइएको जोर बिजोर प्रणाली हट्ने भएको छ । आइतबार बसेको काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक तथा नीजि सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली असार २२ गतेदेखि हटाउने निर्णय गरेको हो । त्यस्तै, बैठकले भौतिक रुपमा परीक्षाहरु सञ्चालन गर्न समेत अनुमति दिएको छ । बढीमा... The post निषेधाज्ञाः जोर बिजोर प्रणाली हट्यो, भाैतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न अनुमति appeared first on Purbeli News.

सम्बन्धित सामग्री

काठमाडौंमा हट्यो जोर–बिजोर प्रणाली, पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सार्वजनिक तथा निजी सवारी साधनमा लगाइँदै आएको जोर–बिजोर प्रणाली हटेको छ । आजदेखि जोर–बिजोर प्रणाली हटाइएको हो । कोरोना संक्रमण कम हुँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइक्रो, टेम्पोलगायत साना सवारी साधन पनि सञ्चालन गर्न दिएको छ ।  सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न...

उपत्यकाको यातायातमा हट्यो जोर बिजोर प्रणाली

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख तीन जिल्ला अधिकारी (सीडीओ)को बैठकले यातायात सञ्चालनमा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको छ । आइतवार बसेको सीडीओहरूको बैठकले निजी तथा सार्वजनिक सबै किसिमका सवारीसाधन चल्न दिने निर्णय गरेको हो । यसअघि २५ सीटभन्दा बढी क्षमताका सार्वजनिक बस र निजी सवारी जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिइएको थियो । असार १५ गतेदेखि लागू निषेधाज्ञाको अवधि सोमवार सकिने भएकाले मंगलवारदेखि २५ सिट क्षमताभन्दा कमका माइक्रो, टेम्पोसहितका सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरिएको हो । सीट क्षमताभन्दा बढी यात्रु राख्न नपाइनेगरी स्वास्थ्य मापदण्ड अपनाएर सबै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरिएको काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताए । यसैगरी बैठकले एउटा कोठामा २५ जनाभन्दा बढी विद्यार्थी राख्न नपाइनेगरी स्वास्थ्य मापदण्ड अपनाएर सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । यस्तै भेला, गोष्ठी, सम्मेलन, बैठक, प्रशिक्षण जस्ता क्रियाकलाप पनि २५ जनासम्मको उपस्थितिमा गर्न पाइने भएको छ । यसैगरी औषधि तथा स्वास्थ्य सामग्रीका पसल जुनसुकै समयमा निर्बाध खुला गर्न दिने निर्णय गरिएकोमा अन्य सबै पसल साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । खुकुलो बनाउँदै असार ३१ गतेसम्म थपिएको निषेधाज्ञा अवधिमा विवाह÷व्रतबन्ध लगायत क्रियाकलाप होटल÷पार्टी प्यालेसमा गर्न पाइनेछैन । यस्तै भीडभाड, जुलुस, महोत्सव, भोजभतेर, मनोरञ्जन लगायत क्षेत्रमा निषेधाज्ञा यथावत् राख्ने निर्णय गरिएको छ । संक्रमण बढेमा ३१ गते अगावै पनि निर्णय पुनरवलोकन गर्न सकिने काठमाडौंका सीडीओ पराजुलीले बताए ।

सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली हट्यो, परीक्षा सञ्चालन गर्न पाइने

काठमाडौँ- निषेधाज्ञालाई असार ३१ गतेसम्म जारी राख्दै काठमाडौँ उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारी साधनको जोरबिजोर प्रणाली हटाइएको छ। काठमाडौँ, भक्तपुर तथा ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीचकोबैठकले असार २२ गते (मंगलबार) देखि लागू हुने गरी जोर बिजोर प्रणाली हटाएको हो। टेम्पो तथा निलो माइक्रोमा नौ जना राखेर चलाउन पाइने छ। यसअघि २५ सिट भन्दा बढीका सवारी […]