उपत्यकाको यातायातमा हट्यो जोर बिजोर प्रणाली

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख तीन जिल्ला अधिकारी (सीडीओ)को बैठकले यातायात सञ्चालनमा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको छ । आइतवार बसेको सीडीओहरूको बैठकले निजी तथा सार्वजनिक सबै किसिमका सवारीसाधन चल्न दिने निर्णय गरेको हो । यसअघि २५ सीटभन्दा बढी क्षमताका सार्वजनिक बस र निजी सवारी जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिइएको थियो । असार १५ गतेदेखि लागू निषेधाज्ञाको अवधि सोमवार सकिने भएकाले मंगलवारदेखि २५ सिट क्षमताभन्दा कमका माइक्रो, टेम्पोसहितका सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरिएको हो । सीट क्षमताभन्दा बढी यात्रु राख्न नपाइनेगरी स्वास्थ्य मापदण्ड अपनाएर सबै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरिएको काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताए । यसैगरी बैठकले एउटा कोठामा २५ जनाभन्दा बढी विद्यार्थी राख्न नपाइनेगरी स्वास्थ्य मापदण्ड अपनाएर सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । यस्तै भेला, गोष्ठी, सम्मेलन, बैठक, प्रशिक्षण जस्ता क्रियाकलाप पनि २५ जनासम्मको उपस्थितिमा गर्न पाइने भएको छ । यसैगरी औषधि तथा स्वास्थ्य सामग्रीका पसल जुनसुकै समयमा निर्बाध खुला गर्न दिने निर्णय गरिएकोमा अन्य सबै पसल साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । खुकुलो बनाउँदै असार ३१ गतेसम्म थपिएको निषेधाज्ञा अवधिमा विवाह÷व्रतबन्ध लगायत क्रियाकलाप होटल÷पार्टी प्यालेसमा गर्न पाइनेछैन । यस्तै भीडभाड, जुलुस, महोत्सव, भोजभतेर, मनोरञ्जन लगायत क्षेत्रमा निषेधाज्ञा यथावत् राख्ने निर्णय गरिएको छ । संक्रमण बढेमा ३१ गते अगावै पनि निर्णय पुनरवलोकन गर्न सकिने काठमाडौंका सीडीओ पराजुलीले बताए ।

सम्बन्धित सामग्री

आजदेखि हट्यो जोर-बिजोर प्रणाली

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा सवारी साधनमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ ।आइतबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । आइतबार राति १२ बजेदेखि लागू हुने गरी जोर-बिजोर प्रणाली हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको हस्ताक्षरमा जारी गरिएको सूचनामा जनाइएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकामा जोर बिजोर प्रणाली लागू गरिएको थि

सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली हट्यो

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सावरी साधनमा लागू भएको जोर–बिजोर प्राणली हटेको छ।

जोर-बिजोर हटाउन सिफारिश

काठमाडौं, १४ माघ । सरकारले यातायातमा जोर-बिजोर हटाउने निर्णय लिने भएको छ । यसका लागि कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आज सिफारिशको निर्णय गरेको छ । तर, जोर निजी र ट्याक्सीमा भने जोर बिजोर प्रणाली कायमै रहने जनाइएको छ । सीसीएमसीसीले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई जोर-बिजोरबारे आफै निर्णय गर्न भनेको छ । […]

ट्याक्सी र निजीबाहेकका सवारीमा जोर बिजोर हटाउन सिफारिस

१४ माघ, काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ । निजी […]

जोर-बिजोर हट्ने

काठमाडौं, १४ माघ । उपत्यकाभित्र यातायात सञ्चालनमा लागू गरिएको जोर बिजोर प्रणाली हट्ने भएको छ । जोर बिजोर प्रणालीले झन् समस्या ल्याएको सुझावहरु सरकारमा पुगेपछि हटाउन लागिएको हो । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय प्रमुखहरुको बैठक बसी जोर बिजोर प्रणाली हटाउने निर्णय लिन लागिएको बुझिएको छ । जोर बिजोर प्रणालीले यातायात अभाव भई […]

काठमाडौँ उपत्यकामा जोर–बिजोर प्रणाली किन?

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले भीडभाडजन्य गतिविधिहरुलाई निरुत्साहित गर्नका लागि सवारी साधनमा जोर–बिजोर प्रणाली लागु गरिएको बताएको छ। काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि उपत्यकामा चल्ने सवारीसाधनहरुमा जोर–बिजोर प्रणाली लागु गरेका छन्। न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भीडभाडजन्य […]

उपत्यकामा शुक्रबारबाट जोर बिजोर प्रणाली (सूचनासहित)

काठमाडौं, ६ माघ । उपत्यकामा जोर बिजोर प्रणालीमा यातायात सञ्चालन गर्ने निर्णय भएको छ । काठमाडौं उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको संयुक्त बैठकले जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जोर गतेमा जोर र बिजोर गतेमा बिजोर प्रणालीमा यातायात सञ्चालनको अनुमती दिइने भएको छ । जोर बिजोर […]

कास्कीमा आजदेखि जोर बिजोर प्रणाली लागू

कोरोना संक्रमण तीव्र रुपमा बृद्धि भएपछि प्रशासनले आजदेखि कास्कीमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएको भन्दै कास्की प्रशासनले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा आजदेखि जोर बिजोर प्रणाली लागू गरेको हो । प्रशासनको निर्देशनपछि जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुने भएका छन् । प्रशासनको निर्देशन पछि प्रहरीले पोखरामा जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ । प्रहरील

हेटौँडामा आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली

हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडामा कोरोना संक्रमण बढेको भन्दै आइतबारदेखि निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ। हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ।हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै निजी सवारीमा जोर बिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।