सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा विघटनले राष्ट्र, राष्ट्रियता, संविधान र सङ्घीयता खतरामा पुगेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले यस गम्भीर परिस्थितिलाई सुल्झाउने जिम्मेवारी न्यायालयको काँधमा आइपुगेको बताए ।