एजेन्सी:अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचित भएको विश्व बैंकले जानकारी दिएको छ। सन् २०२१ को अगस्टमा तालिबान कब्जा गरेयता अफगानिस्तानमा भएको विकासको विवरणअनुसार अफगानिस्तानको अर्थतन्त्र नयाँ सामान्य समायोजन भइरहेको सो बैकले जनाएको छ। सार्वजनिक खर्चमा तीव्र गिरावट, कम घरायसी आम्दानी र कम खपतका कारण कुल माग घटेको गत हप्ता सार्वजनिक गरिएको विश्व बैंकको प्रतिवेदनले जनाएको थियो। तालिबानले कब्जा गरेको सुरुको समयमा धेरै व्यवसायीहरुले आफ्ना सञ्चालन बन्द गर्न बाध्य भएका सो प्रति