भ्रष्टाचार, फौजदारी कसुर र नैतिक पतन देखिने कसुरमा मुद्दा खेपिरहेका उम्मेदवारको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पूर्व उपप्रधानमन्त्री तथा काँग्रेस नेता विजयकुमार गच्छदार सहितका नेताको उम्मेदवारी खारेजीको माग गर्दै बिहीबार सर्वोच्चमा रिट दर्ता भएको हो । अधिवक्ता अनिल आचार्यले बिहीबार प्रतिनिधिसभा तथा प्रदेशसभाका ११ जना उम्मेदवार र निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र कानुन मन्त्रालयलाई विपक्षी बनाई रिट दर्ता गराएका हुन् । अधिवक्ता