महासंघले काठमाडौंमा रोजगार मेला आयोजना गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा रोजगार मेला आयोजना गर्ने भएको छ । महासंघले मंगलवार र बुधवार दुई दिन महासंघको सचिवालय, टेकुमा मेला आयोजना गर्ने भएको हो ।  मेलाको यही जेठ १६ (मंगलवार) बिहान १० बजे उद्घाटन गरिने कार्यक्रम छ । रोजगार मेला नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तरराष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना हुन लागेको बताइएको छ । मेलामा रोजगार सेवा केन्द्र एवं मेरो जबको प्राविधिक सहायता रहनेछ ।  काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहने आयोजकको भनाइ छ । कामको खोजीमा रहेका युवालाई प्रमुख कम्पनीमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरको खोजी गर्न सघाउने, आवश्यक शीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गर्न लागिएको हो ।  रोजगार मेलामा १०० भन्दा बढी कम्पनीको सहभागिता रहनेछ । मेला कामको खोजीमा रहेका ५ हजारभन्दा बढी युवाले अवलोकन गर्ने अनुमान छ । कार्यक्रममा रोजगारी, शीप एवं जनशक्ति विकास लगायत विषयमा विभिन्न परामर्श सत्रसमेत आयोजना हुने जानकारी दिइएको छ ।  

सम्बन्धित सामग्री

रोजगार मेला आयोजना गर्दै विराटनगर महानगर

विराटनगर : विराटनगर महानगरपालिकाले विभिन्न सङ्घ संस्थाको समन्वयमा युवा रोजगारी अभिवृद्धिका लागि ‘महानगर रोजगार मेला–२०८०’ आयोजना गर्ने भएको छ।आगामी चैत २ र ३ गते स्थानीय वीरेन्द्र सभागृहनजिकै इको फन पार्कमा लाग्ने सो मेलामा ४० वटा स्टल रहने बताइएको छ।प्रारम्भमा १५० युवालाई तत्काल रोजगार उपलब्ध हुने भएकाले विदेश जान नचाहने र स्वदेशमै रोजगार गर्न चाहने युवायुवतीले लाभ लिन सक्ने विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले आज (मंगलवार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।उनले पहिलोपट

१७ बर्षपछि दुबईमा रोजगार मेला

दुबई । आज युएईको दुबईमा आयोजना हुने ‘दुबई रोजगार मेला’ मा सहभागी हुन श्रममन्त्री शरदसिंह भण्डारी र श्रमसचिव केवल प्रसाद भण्डारी,बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती,विभिन्न संचार माध्यमका पत्रकारहरुलगाएत बैदेशिक रोजगार ब्यावसायीहरु दुबई आईपुगेका छन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा युएई स्थित दुबईको होटल जे डब्लु मेरिएट मरिनामा आयोजना हुने ‘रोजगार […] The post १७ बर्षपछि दुबईमा रोजगार मेला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोखरामा १३ नम्बर वडाले रोजगार मेला गर्दै

१७ फागुन, पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ले शुक्रबार बेरोजगार युवा लक्षित ‘रोजगार मेला’ आयोजना भएको छ ।   ‘रोजगार मेला’ मा विभिन्न रोजगारदाता कम्पनीका १० वटा स्टल राखेर कर्मचारी छनोट तथा प्रशिक्षण दिइने वडाध्यक्ष किरण बरालले जानकारी दिए । ‘पोखरा जब फेयर’मा विभिन्न व्यापारिक घरानादेखि जब एजेन्सिज्, मन्टेस्वरी स्कुल र आइटीसम्बद्ध विद्यार्थीहरु पनि […]

जनशक्ति खोज्न र रोज्न रोजगार मेला

भक्तपुर, ३ असार । रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याई आ–आफ्नो आवश्यकतानुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्याउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाले रोजगार मेला आयोजना गर्ने भएको छ । मध्यपुरथिमिले विद्यार्थी तथा युवाको वृत्तिविकासमा टेवा पुर्याउन वृत्ति परामर्श सेवा र रोजगारीमा टेवा पुर्याउन यही असार १६ गते शनिबार वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला […]

बृहत् रोजगार मेला सुरु

काठमाडौं । मंगलबारदेखि काठमाडांैको टेकुमा बृहत् रोजगार मेला सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरिएको यस रोजगार मेलाको उद्घाटन महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका हुन् । टेकुस्थित महासंघको सचिवालयमा आयोजना गरिएको दुईदिने रोजगार मेला बुधबारसम्म सञ्चालन हुनेछ । रोजगार मेलालाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको […] The post बृहत् रोजगार मेला सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बूढानीलकण्ठमा वृत्ति विकास तथा रोजगार मेला हुने

बूढानीलकण्ठ नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला गर्ने भएको छ । ज्ञान र सीप भएर पनि काम नगरी बसेका नगरवासीलाई मध्यनजर गर्दै नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला आयोजना गर्न लागेको हो । आफ्नो सीप र दक्षताअनुसारको रोजगारी प्रदान गर्न, रोजगारीका लागि आवश्यक सीप सिक्न तथा आफ्ना लागि आफैले रोजगारी सिर्जना गरी व्यवसाय सुरु गर्न […]

मोरङको कटहरी गाउँपालिकामा एकदिने रोजगार मेला आयोजना

मोरङ – नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले मोरङको कटहरी गाउँपालिकामा एकदिने रोजगार मेला आयोजना गरेको छ। गाउँपालिकाको फलफूल तथा कृषि थोक बजारमा सोमबार आयोजित मेलाले स्थानीय तहमा रोजगारी खोजिरहेका र वैदेशिक रोजगारबाट फर्किएका युवालाई लक्ष्य गरेको महासंघ प्रदेश १ ले जनाएको छ। मेला उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. अविनाश […]

जापानमा काम गर्न चाहनेका लागि वैदेशिक रोजगार मेला आयोजना हुने

काठमाण्डौ – जापानमा काम गर्न चाहने विदेशी नागरिकलाई लक्षित गर्दै जापानको अध्यागमन सेवा विभागले वैदेशिक रोजगार मेला २०२२ आयोजना गर्ने भएको छ । आउँदो मंसिर १० र ११ (नोभेम्बर २६ र २७) गते अनलाइन माध्यममार्फत जापानले वैदेशिक रोजगार मेला आयोजना गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मेलामा विशेष सीप प्रणाली (एसएसडब्लु) र रोजगारदाता कम्पनीको बारेमा जानकारी दिइने छ ।  रोजगार मेलामा सहभागी हुन कुनै पनि शुल्क लाग्ने छैन । मेलामा हुने सबै कार्यक्रमहरूमा निःशुल्क दर्ता हुन सकिनेछ ...

गण्डकी प्रदेश सरकारले रोजगार मेला आयोजना गर्ने

पर्वत : गण्डकी प्रदेश सरकारले रोजगार मेला आयोजना गर्ने भएको छ।  शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले सिप, क्षमता, दक्षता भएर पनि बेरोजगार रहेकालाई लक्ष्य गरी मेला आयोजना गर्न लागेको बताएको छ।मन्त्रालयका सूचना अधिकारी टंकप्रसाद ढकालले प्रदेशमा बेरोजगारी समस्या समाधान लागि ‘रोजगार मेला’ को आयोजना गर्ने तयारी भइरहेको बताए। रोजगार मेला आयोजना गर्ने विषयमा मंगलबार आयोजना गरिएको प्रारम्भिक छलफल कार्यक्रममा ‘रोजगार मेला’ आयोजना

पिपुल्स फस्टको आयाेजनामा काठमाडौँमा रोजगार मेला सञ्चालन हुँदै

पिपुल फस्ट कन्सल्टिङ एण्ड ट्रेनिङ सेन्टरकाे आयाेजनामा आगामी १३ मार्चमा 'लन्चप्याड २०२१' नामक रोजगार मेला आयोजना हुने भएको छ