सोमबारको प्रतिनिधिसभा बैठकमा आठ मन्त्रीले बजेटबारे जवाफ दिने

प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा आठ जना मन्त्रीले विनियोजन विधेयक (बजेट) २०७९ को विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने भएका छन् । संसद सचिवालयका अनुसार सोमबारको बैठकमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।सोमबारको बैठकमा कानुन, युवा, श्रम, वन, सहरी विकास, भूमिव्यवस्था, महिला र कृषि तथा पशुपंक्षी विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसुची सचिवालयले सार्वजनिक गरेको छ ।

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठकमा सांसद्का प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने - NepaliPatra

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेका संसद सचिवालयले जनाएको छ । बैठकमा विनियोजन विधेयकमाथिको […]

शिक्षामन्त्री राईले शिक्षा विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौँ– शिक्षा मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् । आइतबार दिउँसो १ बजे बस्ने कार्यसूची रहेको प्रतिनिधिसभा बैठकमा शिक्षामन्त्री राईले जवाफ दिने भएका हुन् ।  शुक्रबारको प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा ८५ जना सांसदले भाग लिएका थिए । प्र...

प्रतिनिधिसभा बैठकमा आज ५ मन्त्रीले जवाफ दिँदै

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत ५ वटा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ।आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिन कार्यसूची रहेको संस

अर्थ मन्त्रालय अन्तर्गतको छलफल सकिएपछि संसद बैठकमा एमाले सामेल

प्रमुख प्रतिपक्ष नेकपा एमाले प्रतिनिधिसभामा अर्थ मन्त्रालय अन्तर्गत विनियोजन विधेयकमाथिको छलफल सकिएपछि प्रतिनिधिसभा बैठकमा फर्किएको छ । अर्थमन्त्री जनार्दन शर्माले छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा एमालेले बैठक बहिष्कार गरेको थियो । अर्थ मन्त्रालय अन्तर्गतको छलफल सकेर रक्षा मन्त्रालय अन्तर्गत छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने प्रक्रियामा भने एमाले पनि बैठक कक्षमा प्रवेश गरेको छ ।  (यसअघि अन्यथा भएकोमा सच्याइएको छ । -सम्पादक)

वर्षायाम सकिनेवित्तिकै मेलम्चीको पानी काठमाडौँ ल्याइन्छ : मन्त्री चौधरी

काठमाडौँ । खानेपानीमन्त्री उमाकान्त चौधरीले अर्बौँको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि वर्षायामसम्मका लागि त्यहाँको पानी काठमाडौँ उपत्यका ल्याउन बन्द गर्नुपरेको स्पष्ट पारेका छन् । आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालय अन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले सो स्पष्टीकरण दिएका हुन् । उनले जल तथा मौसम विभागको […]

काठमाडौंमा फेरि कहिले आउँछ मेलम्चीको पानी ? संसदमा खानेपानी मन्त्रीले दिए जवाफ

काठमाडौं : खानेपानीमन्त्री उमाकान्त चौंधरीले अर्बौंको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालय अन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरुले  उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौंधरीले मेलम्चीबाट पानी ल्याउन रोक्नु परेको कारणबारे बताएका हुन्। उनले जल…

बजेटबारे सांसदले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले आज दिने

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९\८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठकमा अर्थमन्त्री शर्माले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत २५औँ संशोधन विधेयक पेश गर्ने कार्यसूची छ। संसद सचिवालयका अनुसा

बजेटमाथि आज १२ विभागीय मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ । विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमा सांसद्हरुले उठाएका प्रश्नमा आज १२ विभागीय मन्त्रीले जवाफ दिनेछन्। बुधबार बिहान ११ बजेदेखि शुरू हुने प्रतिनिधिसभा बैठकमा विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ।    मंगलबारबाट जवाफ दिने ...