प्रमुख प्रतिपक्ष नेकपा एमाले प्रतिनिधिसभामा अर्थ मन्त्रालय अन्तर्गत विनियोजन विधेयकमाथिको छलफल सकिएपछि प्रतिनिधिसभा बैठकमा फर्किएको छ । अर्थमन्त्री जनार्दन शर्माले छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा एमालेले बैठक बहिष्कार गरेको थियो । अर्थ मन्त्रालय अन्तर्गतको छलफल सकेर रक्षा मन्त्रालय अन्तर्गत छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने प्रक्रियामा भने एमाले पनि बैठक कक्षमा प्रवेश गरेको छ । (यसअघि अन्यथा भएकोमा सच्याइएको छ । -सम्पादक)