काठमाडौं । कास्कीमा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । २५ मेगावाट क्षमताको आयोजनाको ९० प्रतिशत काम सकिएको आयोजनाको भिजन लुम्बिनी ऊर्जा कम्पनीले जनाएको हो । माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको जलविद्युत आयोजनाको काम २०७७ भदौ देखि सुरु भएको हो । आगामी मङ्सिरसम्ममा आयोजना सम्पन्न भएर व्यावसायिक उत्पादन सुरु हुने जनाइएको छ […]