काठमाडौं । वर्षाैंदेखि अलमलमा रहेको पश्चिम सेती जलविद्युत आयोजना सरकारले औपचारिक रुपमै भारतीय कम्पनीलाई दिएको छ । लगानी बोर्डले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ जलविद्युत आयोजना भारतीय कम्पनी एनएचपीसीलाई दिने सम्झौता गरेको हो । समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसीका अध्यक्ष तथा […]