तिहारमा टीका नभएकाले बिदा मनाउन सिन्धुलीका ३१ वर्षीय दिनेश घिमिरे हालै पोखरा आए । उनी पहिलो पटक परिवारसहित पुम्दीभुम्दीमा रहेको महादेवको मूर्ति हेर्न पुगे । यतिबेला महादेवको मूर्ति हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । यो ठाउँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पर्दै आएको छ ।