पोखराको पुम्दीभुम्दीस्थित पुम्दीकोट विशाल महादेवको मूर्ति दर्शनमा रोक लगाइएको छ ।
कोरोना महामारी संक्रमणका बेला मूर्ति दर्शनका लागि मानिसको अत्यधिक भीड बढेको भन्दै पोखरा महानगरपालिका–२२ वडा कार्यालयले सूचना जारी गरेर रोक लगाएको हो ।
वडाध्यक्ष मित्रलाल बरालले शुक्रवार सूचना जारी गर्दै कोरोना महामारी बढिरहेको भन्दै सबैलाई सुरक्षित हुन र अर्को सूचना नभएसम्म मूर्ति दर्शन बन्द गरिएको जनाएका छन् ।
साउन सोमवारको बेलामा महादेवको पूजाआजा गर्ने भन्दै दर्शनार्थीको अत्यधिक भीड हुने गरेको छ ।
...