पर्वतमा ३११ जनाको कोरोना परीक्षण, सबै रिपोर्ट नेगेटिभ

पर्वत : पर्वतमा कोरोना भाइरस संक्रमणको शंकामा ३११ जनाको नमुना परीक्षण गरिएका छ। उनीहरुको सबैको रिपोर्ट नेगेटिभ आएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए। भारत र अन्य देशहरूबाट भित्रिएकाहरूको तथ्याङ्क स्थानीय तहहरूबाट लिएपछि प्रत्येक स्थानीय तहमा पुगेर सबैको परीक्षण गरिएको डा. देवकोटाले बत...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।  सोमबार गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्री देउवाको सचिवालले जनाएको हो।

कन्ट्याक ट्रेसिङमा परेका सञ्चारमन्त्री कार्कीको कोरोना रिपोर्ट नेगेटिभ

२५ पुस, काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शनिबारदेखि आइसोलेसनमा बसेका मन्त्री कार्कीको आइतबार बिहान स्वाव परीक्षण गरिएको थियो । चिकित्सकले दोस्रो पटक कोरोनाको पीसीआर परीक्षण गर्नुपर्ने बताएको मन्त्री कार्कीले बताए । ‘शुक्रबार दोस्रो परीक्षणको रिपोर्ट आइसकेपछि मात्रै नियमित भेटघाट शुरु गर्छु,’  मन्त्री कार्कीले अनलाइनखबरसँग […]

ओमिक्रोन भेरियन्ट देखिएका दुई जना सङ्क्रमणमुक्त

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएका दुई जना विदेशी नागरिकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनीहरूलाई मङ्गलबार कोरोना परीक्षण गरिएकोमा कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले मङ्गलबार गरिएको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । गत मङ्सिर ३ गते नेपाल आएका ६६ र ७१ वर्षीय दुई विदेशी नागरिकको जिन सिक्वन्सिङ गर्दा उनीहरूलाई कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । प्रवक्ता डा. प

प्रचण्डको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

शुक्रबारदेखि रुघा, खोकी र ज्वरो आएपछि आराम गरिरहेका प्रचण्डको चिकित्सकको सल्लाहमा कोरोना परीक्षण गरिएको थियो ।

मैत्रीपुर्ण खेलका लागि इराक जाने सबैको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपुर्ण खेलका लागि इराक जाने नेपाली राष्ट्रिय फुटबल टिमका सबै खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ। नेपाली टोलीको सोमबार बिहान कोरोना परीक्षण गरिएको थियो। टोलीमा रहेका खेलाडी, प्रशिक्षक र पदाधिकारीहरु गरी ३५ सदस्यकै कोरोना रिपोर्ट नेगेटिभ आएको एन्फाले उल्लेख गरेको हो।

खानेपानी मन्त्रीले पनि जिते कोरोना

काठमाडौं । खानेपानी मन्त्री मणि थापाले कोरोना जितेका छन् । आज गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ । गत वैशाख १३ गते सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।  आजै पर्यटनमन्त्री भानुभक्त ढकालले पनि कोरोना जितेका थिए ।

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। हिजो संकलन गरिएको स्वाब परीक्षणमा प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको भने पोजेटिभ रिपोर्ट आएको छ। प्रधानमन्त्रीसहित हिजो १०० भन्दा बढीको स्वाब संकलन गरिएको थियो।

कोरोना सङ्क्रमितमुक्त  बन्यो हुम्ला

हुम्ला बिहीबारदेखि कोरोना सङ्क्रमणमुक्त भएको छ । यसअघि कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बस्दै आएका सङ्क्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोना सङ्क्रमितमुक्त जिल्ला भएको हो । एक जना सिटिजन्स बैंकका कर्मचारीमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोनामुक्त बनेको हुम्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए ।    गत पुस २५ गते एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा सिटिजन्स बैंकका एक महिला कर्मचारीसहित अर्का पुरुष कर्मचारीमा समेत कोरोना देखिएको थियो । कोरोना देखिएका पुरुष क...