माघ १ गते थारू र मगर समुदायले टुँडिखेलमा मनाउने माघी महोत्सव स्थगित भएको छ । कोरोना बढेका कारण काठमाडौं उपत्यकामा २५ जना भन्दा बढी भेला हुन नपाइने स्मार्ट लकडाउन गरिएपछि माघी महोत्सव स्थगित गरिएको हो । थारू माघी महोत्सवका सांस्कृतिक संयोजक नन्दुराज चौधरीका अनुसार टुँडिखेलको विकल्पको रूपमा अनमानगरस्थित तमु बौद्ध सेवा समितिमा कार्यक्रम गरिँदैछ । संयोजक चौधरीले भने, ‘माघ १ गते थोरै मान्छेको उपस्थितिमा कार्यक्रमलाई सामान्य औपचारिकता दिइने छ ।’यस वर्ष कुनै मेला महोत्सव नगरी मगर समुदायलाई