पुथाउत्तरगंगा गाउँपालिकाले प्रभावकारी स्वास्थ्य उपचारका लागि भनेर गाउँपालिका अध्यक्ष र उपाध्यक्षका नाममा कार्यक्रम तय गरेको छ । आगामी आर्थिक वर्ष ०७९/८० का लागि पारित नीति कार्यक्रम र बजेटमा अध्यक्ष, उपाध्यक्ष स्वास्थ्य कार्यक्रम समावेश गरिएको हो । साउनदेखि नै लागू गर्ने गरी गाउँसभाबाट सर्वसम्मत यो कार्यक्रम पारित गरिएको छ ।