नेकपा एमालेको स्थायी समिति बैठक बिहीबार बस्दैछ । बुधवारका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । स्थगित बैठक आज फेरि अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक स्थगित भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन स्थायी कमिटी बोलाइएको थियो । मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टी एकताको लागि अन्तिमसम्म पहल गर्ने निर्णय गरेको थियो ।