बाँके : जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन आइपुगेको छ। अस्पतालका कार्यकारी निर्देशक तथा कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डा. निरज भट्टराईका अनुसार यो मेसिन शीघ्र सञ्चालनमा आउने छ।डा. भट्टराईको अनुसार लिन्याक मेसिन क्यान्सरको उपचारमा प्रयोग हुने रेडियसन प्रदान गर्ने मेसिन हो। क्यान्सरको उपचारको लागि यो अत्यावश्यक मेसिन हो। उनका अनुसार नेपालको चितवनबाट पश्चिम क्षेत्रमा यो पहिलो लिन्याक मेसिन हो। यो मेसिन सञ्चालनमा आएपछि पश्चिम