‘नबिल ग्रीन विक’ नारासहित दिगो बैंकिङ वार्षिकी मनाउँदै नबिल बैंक

नबिल बैंकले नबिल ग्रीन विक नारासहित दिगो बैंकिङ वार्षिकोत्सव मनाउँदैछ । बैंकले गत २०७८ असार १५ गते शुरु गरेको नबिल दिगो बैंकिङ कार्यक्रमको सफलताका साथ पहिलो वर्ष पुरा गरेको अवसरमा सो कार्यक्रमको वार्षिकी मनाउन लागेको हो । असार १५ गते राष्ट्रिय धान दिवसको अवसर पारेर बैंक नबिल ग्रीन विक नारा तय गर्दै यसपटकको वार्षिकी मनाउन लागेको हो । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्धन एवम् नेपाल सरकारले अवलम्बन ग

सम्बन्धित सामग्री

‘नबिल हरित सप्ताह’ मनाइँदै

‘नबिल दिगो बैंकिङ’ले एक वर्ष पूरा गरेको छ ।ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवद्र्धन् एवम् नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकाष लक्ष्यलाई सघाउने उद्देश्यले २०७८ धान दिवसको दिन दिगो बैंकिङ सुरु गरिएको थियो ।एक वर्षमा नबिल बैंक मात्र नभएर नेपाली बैंकिङ जगतमा […]

नबिल बैंक र पाल्पाका ३ गाउँपालिकाबीच सम्झौता

उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पा बीच सम्झौता भएको छ । पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्येकारी अधिकृत सुजित कुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसि र तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रमका प्रमुख अतिथी तथा नविल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उदेश्यका साथ नबिल बैंकले लिएको दिगो बैकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने साथै यसले स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रुपान्तरणमा सहयोग गर्ने बताए ।कार्यक्रममा हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा.तिर्थराज रेग्मीले नविल बैंकसँगको सहकार्यबाट उद्यमशिलता विकासमा ठुलो टेवा पुग्ने बताउदै कृषि तथा पशु उद्यमशिलताको मूल्यश्रृंखलालाई अझ मजवुत बनाउदै हेफर ईन्टरनेशनले यस सम्झौता पत्रले लक्ष्य गरेका उद्देश्य प्राप्तीका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै यस अभियानमा सहभागि नविल बैंक लिमिटेड प्रति आभार व्यक्त गरे । कार्यक्रमका अध्यक्ष एवम् तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले कृषि पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पुर्याउन आजको सम्झौलाई ईतिहासमै निकै महत्वपूर्ण दिनको रुपमा लिएको वताउदै विगतमा सम्झौता हुने तर कार्यान्वयनमा ढिला सुस्ती हुने अवस्थाको अन्त्य गर्दै नविल बैंकले पालिकाकाहरुको आर्थिक रुपान्तरणको अभियानमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । नविल बैंक लिमिटेडका नायव प्रमुख कार्येकारी अधिकृत सुजित कुमार शाक्यले तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकाकाबाट उपस्थित विभिन्न उद्यमीहरुलाई कर्जा स्वीकृती पत्र समेत हस्तान्तरण गरे । कार्यक्रममा वोल्दै उहाले आफूलाई ठूला(ठूला कर्जा दिदा भन्दा निम्न वर्गको आर्थिक रुपान्तरण हुने कर्जा दिन पाउंदा हर्ष लाएको वताए ।  नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यस सम्झौता मार्फत नबिल बैंकले पाल्पा जिल्लाको आर्थिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने आशा लिएको छ ।

१८ औं हस्तकला व्यापार मेलाको बैंकिङ पार्टनर नबिल बैंक

मंसिर ३, काठमाडौं । नबिल बैंक लिमिटेडले १८ औं हस्तकला व्यापार मेला र १६ औं हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरको रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ । नेपाल हस्तकला महासंघको आयोजनामा ३ मंसिर गतेदेखि ५ गतेसम्म हायात रिजेन्सी होटल काठमाडौंमा हस्तकला मेला आयोजना हुँदैछ । नबिल बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले उक्त साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल हस्तकला महासंघसँगको सम्बन्धलाई निरन्तरता दिँदै यसवर्ष समेत नबिल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको जानकारी दिएको छ ।  महासंघसँग बैंकको यो तेस्रो सहकार्य हुनाका साथै मेक इन नेपाल अन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवम् प्रोत्साहन गर्ने नबिल बैंकको पहल तथा बैंकको दिगो बैंकिङ दृष्टिकोण अनुरुप यो साझेदारी गरिएको बैंकले जानकारी दिएको छ ।

नबिल बैंक र दार्मा गाउँपालिकाबीच सम्झौता

नबिल बैंक र सल्यानको दार्मा गाउँपालिकाबीच दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी भएको छ ।बैंकले समझदारीसँगै दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रमसमेत आयोजना गरेको छ । उक्त साझेदारीमार्फत गाउँपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई गाउँपालिकाको सिफारिसमा बैंकले नियम अनुसार कर्जा उपलब्ध गराउने छ ।यस्ता […]

नबिल बैंक र पोखरा विश्वविद्यालयबीच साझेदारी

नबिल बैंकले पोखरा विश्वविद्यालयसँग समझदारी गरेको छ । बैंकले विश्वविद्यालयसँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डीन डा. अजय थापाले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।उक्त साझेदारीको मुख्य उद्देश्य नबिल बैंकले […]

नबिल बैंक र गल्छी गाउँपालिकाबीच साझेदारी

नबिल बैंक Nabil Bank Limited ले धादिङ्ग जिल्लाको गल्छी गाउँपालिकामा वित्तिय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी गाउँपालिकासंग  दिगो बैंकिङ्ग अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ । गल्छी गाउँपालिकामा नबिल बैंकको तर्फबाट बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाको तर्फबाट  अध्यक्ष कृष्णहरी श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ । नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सयूक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामिण वर्गलाई लक्षित गरि दिगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

नबिल बैंक र गल्छी गाउँपालिकाबीच दिगो बैंकिङका लागि साझेदारी

काठमाडौं । नबिल बैंकले धादिङको गल्छी गाउँपालिकामा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । साथै बैंकले गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी समेत गरेको छ । नबिल बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले उक्त साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारी […]

नबिल बैंक र परिसंघ–वूमन लिडरसिप फोरमबीच अन्तरक्रिया

नबिल बैंकले नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमसँग महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्र्तक्रिया कार्यक्रम गरेको छ ।कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो । नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमकी संयोजक छाया शर्मा, नेपाल उद्योग परिसंघ– वूमन लिडरसिप फोरम सदस्य आशा […]