स्कुले बालबालिका खेल्ने चौर बन्यो कमल पोखरी [फोटो फिचर]
कमल पोखरी स्कुले बालबालिका खेल्ने चौर बनेको छ । काठमाडौं महानगरपालिकाले पानी सुकाएर चारैतिर सिमेन्टको संरचना तयार गर्न थालेपछि कमल पोखरी मैदान बनेको हो । कमल पोखरी पुग्दा अहिले स्कुले बालबालिकाहरू खेलिरहेका भेटिन्छन्
निरन्तरको शीतलहरसँगै बढेको जाडोबाट कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ। लगातारको बाक्लो हुस्सु र कुहिरोका कारण घाम झुल्किन नसकेपछि बढेको जाडोले जनजीवन कष्टकर बनेको हो। चिसोबाट वृद्धवृद्धा, स्कुले बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन्।
वयस्कको तुलनामा बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । त्यसैले उनीहरू सजिलै धेरै रोग वा संक्रमणको सिकार हुन्छन् । अझ विशेषगरी स्कुले बालबालिका कम पानी पिउने गर्छन् र कक्षाकोठामा लामो समय पिसाब रोकेर बस्छन् । यसरी लामो समय पिसाब रोकेर बस्दा केही नकारात्मक असर पो गर्छ कि ? बालबालिकाले लामो समय पिसाबको रोकेर बस्दा उनीहरुमा पिसाबको […]
८ साउन, काठमाडौं । ओमिक्रोन भेरियन्ट र यसका उपप्रजातिहरुका कारण कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ । हरेक दिन केही सयको संख्यामा नयाँ संक्रमित थपिने गरेका छन् । नयाँ संक्रमितमा बालबालिका समेत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार शनिबार थपिएका ३३५ जना संक्रमितमा ७ जना १० वर्षमुनिका बालकालिका थिए भने ११ देखि २० […]
हेटौंडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ कुर्लेस्थित वंशगोपाल माध्यामिक विद्यालयले गाउँपालिकाको सहकार्यमा रोपाइँ कार्यक्रम गर्यो। असार १५ को अवसर पारेर बालबालिकालाई धानको महत्व र यसको उत्पादनको बारेमा व्यावहारिक अभ्यास गराइएको हो।हेटौंडा उपमहानगरपालिकाले वडा नं. १७ मा आयोजना गरेको धान रोपाइँ विशेष कार्यक्रममा पनि विभिन्न विद्यालयका विद्यार्थीलाई सहभागी गराएको थियो। विद्यालयले बालबालिकालाई रोपाइँ मात्र गराएनन्, दहीचिउरा पनि खुवाए।हेर्नुहोस् तस्विर–
एकजना हतियारधारीले अन्धधुन्ध गोली चलाउँदा कम्तिमा १८ जना स्कुले बालबालिका मारिएका छन्।
टेक्ससको एक विद्यालयमा आततायी आक्रमण भएको हो। यसै साताबाट गर्मीको बिदा सुरु हुँदै थियो। टेक्ससको सान एन्टियो भन्दा ८० माइल दुरीमा रहेको युभाल्टीको रोब इलिमेन्ट्री स्कुलमा यस्तो घटना भएको हो। टेक्ससका गभर्नरले दिएको जानकारी अनुसार गोली चलाउने १८…
सात वर्षीय सकिल अहमद हातभरि हिलो छोपेर माटो मुछिरहेका छन् । हिलो माटोलाई डल्लो बनाएर इँटा बनाउने साँचोमा हाल्नमा उनी ब्यस्त छन् । सकिलको दैनिकी यसैगरी चलिरहेको छ । उनको शरीर पनि हिलाम्मे भएको छ । उनीसँगै परिवारका अन्य सदस्य पनि इँटा बनाउन ब्यस्त छन् । उनी विद्यालय र कापी किताबबारे अनविज्ञ छन् । सकिलको परिवार भारतको बरेलीबाट रोजगारीका लागि यहाँ आएको हो । उनको परिवार कपिलवस्तुको फाइबस्टार इँटा उद्योगमा इँटा बनाउने काम गर्छ । सकिल दिनभरी इँटा बनाउँछन् । बालबालिकालाई श्रममा लगाउन नपाइने भए पनि
काठमाडौँ– ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध प्रदर्शन गरेका छन्। उनीहरुले राजधानीमा आज प्रदर्शन गरेका हुन्। एमसीसी फागुन १५ गते प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएको थियो। एमसीसीविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी […]
प्रायः स्कुले बालबालिका कोरोना जोखिममा पर्ने गरेका र सरकारले सबै विद्यार्थीलाई खोप दिने निर्णय गरेअनुसार उक्त पालिकामा रहेका विद्यार्थीलाई एकैसाथ खोप दिन थालिएको बताइएको छ।
काठमाडौं । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा डुगा पल्टिँदा बालबालिकासहित कम्तीमा २९ जनाको मृत्यू भएको छ भने सात जनाको जवितै उद्धार गरिएको छ । धार्मिक कार्यक्रममा सहभागी हुन गईरहेका मानिसहरु सवार रहेको डुंगाा नदी पार गर्ने क्रममा पल्टिएको संचारमाध्यमहरुले जनाएका छन । मृत्यू हुनेहरुमा धेरैजसो ६ देखि १२ वर्षका स्कुले बालबालिका रहेका छन् । क्षमताभन्दा […]
कोरोना भाइरस संक्रमणको जोखिममा स्कुले बालबालिका परेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि एक साताका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । केहीदिन यता नेपालगन्जका १० शिक्षक र ५ विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएपछि उपमहानगरपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेर विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । नेपालगन्जका विद्यालयमा संक्रमणको जोखिम बढेपछि सम्पूर्ण शैक्षिक संस्था […]