काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन गर्न सरकार तयार रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले त्यसका लागि निर्वाचन आयोगले गृहकार्य गरिरहेको पनि बताए । लैंगिक समानता र समावेशिता प्रतिकूल रहेका कानुनहरूमा सरकारले विगतदेखि नै संशोधन गर्दै आएको...