काठमाडाैं : कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोईरालाले निर्वाचनसम्बन्धी कानून संशोधन गर्न सरकार तयार रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री शर्माले निर्वाचनसम्बन्धी कानून संशोधनका लागि सरकार तयार रहेको बताएका हुन्। उनले त्यस सन्दर्भमा निर्वाचन आयोगले गृहकार्य गरिरहेको बताए। उनले लैंगिक समानता र समावेशिताको प्रतिकूल रहेको नेपालका कानूनमा सरकारले विगतदेखि नै संशोधन गर्दै आएको उल्लेख गर्दै निर्वाचनको प्रयोजनको सन्दर्भमा लैंगिक समानता र