काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई लगानीमा देखिएको प्रशासनिक झन्झट तत्काल हटाउने बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको लगानी बोर्डको २७ औँ बैठकमा प्रधानमन्त्री देउवाले लगानीमैत्री वातावरण बनाउन आवश्यक कानुन संशोधन गर्न सरकार तयार रहेको बताएका प्रधानमन्त्रीका सञ्चार विज्ञ गोविन्द परियारले जानकारी दिए।
प्रधानमन्त्री देउवाले