काठमाडौं : कोरोना महामारी नियन्त्रण गर्न लगाइएको ४ महिना लामो निषेधाज्ञा हटेसँगै बिस्तारै सबै क्षेत्र चलायमान हुँदै गएका छन्। यस्तोमा स्वास्थ्यविदहरूले सरकारसँग दैनिक २ लाख जनालाई कोरोनाविरुद्ध खोप लगाउन अनुरोध गरेका छन्।जनस्वास्थ्यविदले पनि निषेधाज्ञा हटाएर जनजीवन सामान्य बनाउने प्रयास सकारात्मक रहेको बताए। जनस्वास्थ्यविद डा किरण पाण्डेले निषेधाज्ञा खुकुलो भएपछि नागरिकले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र सरकारले खोपलाई प्राथमिकतामा राखेर बढीभन्दा बढी जनसंख्यालाई खोप लगाउनुपर्न