काठमाण्डाै – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको आजको छलफलमा पनि अमेरिकी सहयोग एमसीसीसँगको सम्भौता संसदमा पेस गर्नेबारे सहमति जुट्न सकेन ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेस गर्नेबारेमा छलफल भए पनि सहमति नजुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा एमसीसी सम्झौता संसदमा अघि बढाउने विभिन्न विकल्पहरूबारे छलफल भएको र प्रधान...