दलीय सहमति नभएसम्म एमसीसी पारित हुँदैन : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा.नारायण खडकाले दलीय सहमति नभएसम्म मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित नहुने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग शनिबार कुराकानी गर्दै मन्त्री खड्काले सो कुरा बताएका हुन् । मन्त्री खड्काले एमसीसी सबै दलको सहमतिमा मात्र पारित हुने भएकोले सरकारले सहमति बनाउने प्रयत्न गरिरहेको बताए ।‘हामी सहमतिको प्रयासमा छौं, दलहरुबीच सहमति नभए एमसीसी पास गर्न सम्भव हुँदैन,’ मन्त्री खड्काले भने ।  प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका दलहरुबीच स