तिनकुने पुल निर्माणका लागि पुनः ठेक्का आह्वान : टेकु पुल बनाउने ठेकेदार पप्पुविरुद्ध मुद्दामा जाने तयारी
पप्पु कन्स्ट्रक्सनले ०७५ मै सम्पन्न गर्नुपर्ने गरी राजधानीको तीनकुने र टेकुमा पुल बनाउने ठेक्का पाएको थियो, दुवै ठाउँमा मापदन्ड विपरीत पुल निर्माण गरेपछि टेकुमा सम्पन्न भएको संरचना भत्काउनुपर्ने अवस्था छ...
काठमाडौँ– निर्माण सुरु भएको एक दशक पुग्दासमेत टेकुस्थित विष्णुमणि पुल अझै सम्पन्न हुन सकेको छैन । झट्ट हेर्दा पुल निर्माण सकिएको देखिए पनि निर्माणका क्रममा समस्या आएपछि वषौँदेखी पुल अलपत्र छ । निर्माणका क्रममा गुणस्तरीय नभएको भन्दै पुलको ठेक्का तोड्ने सडक विभागले निर्णय गरेको थियो । विभागको निर्णय विरुद्ध निर्माण कम्पनी कानुनी प्रक्रियामा गएको डिभिजन […]
काठमाडाैं । निर्माण सुरु भएको एक दशक पुग्दासमेत टेकुस्थित विष्णुमति पुल अझै सम्पन्न हुन सकेको छैन । झट्ट हेर्दा पुल निर्माण सकिएको देखिए पनि निर्माणका क्रममा समस्या आएपछि वर्षाैदेखि पुल अलपत्र छ । निर्माणका क्रममा गुणस्तरिय नभएको भन्दै पुलको ठेक्का तोड्ने सडक विभागले निर्णय गरेको थियो । बिभागको निर्णय विरुद्ध निर्माण कम्पनी कानुनी प्रक्रियामा गएको […]
निर्माण सुरु भएको एक दशक पुग्दासमेत टेकुस्थित विष्णुमती पुल अझै सम्पन्न हुन सकेको छैन। झट्ट हेर्दा पुल निर्माण सकिएको देखिए पनि निर्माणका क्रममा समस्या आएपछि वर्षौंदेखि पुल अलपत्र छ।
निर्माणका क्रममा...
काठमाडौं । निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि टेकु पुल अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण व्यवसायीले कम गुणस्तरको पुल निर्माण गरेपछि अहिले सो पुल अदालती प्रक्रियामा छ । पप्पु कन्स्ट्रक्सन प्रालिले तोकिएको डिजाइनभन्दा फरक गरी निर्माण गरेको सडक विभागले बताउँदै आएको छ । पुलको माथिल्लो भाग (सुपर स्ट्रक्चर)मा समस्या देखिएपछि विभागले अहिले सो पुलमा सवारीसाधन र यात्रुलाई हिँड्न दिएको छैन । उक्त पुल भत्काउन पनि रकम माग गर्ने योजना बनाइएको डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपाीले बताए । डिभिजन र निर्माण कम्पनीबीच विवाद भएपछि अहिले सो विषय कानूनी प्रक्रियामा छ । मुद्दा प्रक्रियामा रहेकाले अन्तिम सुनुवाइ पर्खिएको उनले बताए ।
‘व्यवसायी र डिभिजनको कुरा मात्रैभन्दा कानूनी झमेलामा फसेको विषय हो, निर्णय आउनासाथ अघि बढिनेछ,’ उनले भने । अहिले हिँड्न र सवारीसाधन चल्न नदिइएको उक्त पुल कति भागसम्म भत्काउने वा कसरी बलियो बनाउने बनाउने भनी अहिले नै टुंगो लागिसकेको छैन । डिभिजन र निर्माण कम्पनीबीच विवाद भएको विषयमो टुंगो लागेपछि मात्रै विकल्पका बारेमा छलफल हुन सक्ने प्रमुख नेपालीले बताए । सो मुद्दा अदालती प्रक्रियामा गएको एक वर्ष भइसकेको छ । कोभिडका कारण नियमित सुनुवाइ नभएकाले टुंगो लागिसकेको छैन । सो पुल निर्माणका लागि सरकारले आर्थिक वर्ष २०६९/७० मा ठेक्का सम्झौता गरेको थियो । निर्माण सम्पन्न भएपछि केही समयसम्म पुल सञ्चालन गरिए पनि कम गुणस्तरको भएकाले बन्द गरिएको डिभिजनले बताएको छ । अहिलेसम्म डिभिजनले सो पुलको जिम्मेवारी लिइसकेको छैन । ठेक्का तोडिएपछि सवारीसाधनलाई चल्न नदिनेगरी बन्द गरिएको प्रमुख नेपालीले बताए ।
जिम्मा लिएपछि पुलमा कुनै समस्या आउँदा त्यसको जिम्मेवारी आफ्नो हुने भए पनि अहिलेसम्म सो पुल निर्माण व्यसायीको जिम्मेवारीमा छ । तोकिएअनुसार (स्पेशिफिकेसन) अनुसार निर्माण नभएपछि पुल स्वीकार नगरिएको डिभिजनले बताएको छ । अहिलेसम्म हेर्दा पुलको माथिल्लो भाग (सुपर स्ट्रक्चर)मा मात्रै समस्या देखिएको छ । परामर्शदाता कम्पनीले अध्ययन गर्दा पनि माथिल्लो भागको जुन खण्डमा समस्या छ, त्यो मात्रै भत्काए पुग्छ भन्ने राय दिएको डिभिजनले बताएको छ । रासस
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेकुस्थित विष्णुमती पुल निर्माणमा भ्रष्टाचार भएको आरोपमा ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। तत्कालीन आयोजना कार्यान्वयन इकाइका निमित्त आयोजना प्रमुख बेलबहादुर नेपालीसमेत ५ जनाविरुद्ध बिहीबार सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता एवंं सूचना अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिएका छन्।अख्तियारले उनहीहरू प्रत्येकमाथि एक करोड १४ लाख ७६ हजार बिगो र जरिव