फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक क्रिस्टोफ गाल्टियरले आफ्नो टोली च्याम्पियन्स लिग जित्न सक्षम रहेको र आफूलाई चेल्सीका पूर्वप्रशिक्षक रोबर्टो माटियोसँग तुलना नगर्न आग्रहसमेत गरेका छन्।...
काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले २०५१ को संसदसँग अहिलेको तुलना गर्न नमिल्ने बताएका छन् । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेपछि नेता रिजालले नमिल्ने कुरामा तुलना नगर्न आग्रह गरेका हुन् । पार्टीको निर्णयप्रति असन्तुष्टि पोख्दै उनले फेसबुकमा लेखेका छन्, ‘विश्वासको मत लिँदा, २०५१ मा संसदको सबैभन्दा ठूलो […]
३ साउन, काठमाडौं । हार्दिक पाण्ड्यालाई अन्तर्राष्ट्रिय करियरको सुरुवाती समयमा भारतका लेजेण्ड अलराउण्डर कपिल देवसँग तुलना गरिन्थ्यो । तर उनले आफूलाई कपिल देवसँग तुलना नगर्न र हार्दिक पाण्ड्या नै बन्न दिन आग्रह गर्दै आएका छन् । जे होस् अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई जिताउन उनको अलराउण्ड प्रदर्शनको भूमिका हुने वित्तिकै भारतीय मिडियाले उनलाई कपिल देवसँग तुलना गरिहाल्छन् […]
काठमाडौं । इङल्यान्ड राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड निकिता पेरिसले समर्थकहरुलाई पुरुष र महिला फुटबललाई तुलना नगर्न आग्रह गरेकी छिन् । हाल महिला युरो २०२२ चलिरहेका बेला उनले समर्थकहरुलाई सोआग्रह गरेकी हुन् । बुधबार ओल्ड ट्राफेर्डमा भएको इङल्यान्ड र अस्ट्रियाबीचको खेलमा २८ वर्षीया पेरिस वैकल्पीक खेलाडीको रुपमा थिइन् । इङल्यान्डले अस्ट्रियालाई १–० गोलको नतिजामा पराजित […]
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विनियोजित बजेटको दुरुपयोग भएको भन्दै आलोचना हुन थालेपछि सरकारले सो कार्यक्रम ढाँचा परिमार्जन गरेर कार्यान्वयन गर्न थालेको छ । आर्थिक वर्ष २०७५/७६ देखि कार्यान्वयनमा ल्याइएको उक्त कार्यक्रमको बजेट अन्य काममा दुरुपयोग गरिएको भनी चर्को आलोचना भएको थियो । सरकारले भने नागरिकको सामाजिक संरक्षण गर्ने राज्यको दायित्वका रुपमा रोजगार कार्यक्रम ल्याइएकाले अन्य कार्यक्रमसँग तुलना गरेर आलोचना नगर्न आग्रह गर्दै आएको थियो । सरोकारवालाको आलोचनाका बीच सरकारले उक्त कार्
काठमाडौं । सन् २०२१ को ११ महिनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६ हजार २८३ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
नोभेम्बरमा हवाई मार्ग भएर २६ हजार १३५ बाह्य पर्यटक नेपाल भित्रिएका छन् । सबैभन्दा बढी भारतबाट १० हजार ४२१, बंगलादेशबाट एक हजार ३८२ पर्यटक आएका छन् । उक्त महिना नेपालबाट २६ हजार ४८७ बाह्य पर्यटक बाहिरिएका छन् । अक्टोबरमा २३ हजार २८४ पर्यटक आएका थिए ।
सन् २०१९ को अक्टोबर र नोभेम्बरसँग तुलना गर्दा पर्यटक आगमन निकै कम छ । सन् २०१९ को अक्टोबरमा एक लाख ३० हजार ७४५ र नोभेम्बर महिनामा एक लाख ४७ हजार ८५९ बाह्य पर्यटक नेपाल आएका थिए ।
यसरी पर्यटक आगमनको अवस्था हेर्दा सन् २०२१ मा बाह्य पर्यटकको संख्या दुई लाख पुग्न मुस्किल देखिएको छ । सन् २०२० मा दुई लाख ३० हजार ८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । उक्त वर्ष दुई महिनामै दुई लाख हाराहारी पर्यटक आएका थिए । जनवरी र फेबु्रअरीमा अत्यधिक संख्यामा पर्यटक आएका थिए ।
यस वर्षको जनवरीमा आठ हजार ८७४, फेबु्रअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३, जुलाईमा दुई हजार ९९१, अगष्टमा पाँच हजार ९१७, सेप्टेम्बरमा नौ हजार ८९८, अक्टोबारमा २३ हजार २८४ र नोभेम्बर महिनामा २६ हजार १३५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्र त्रसित
मुलुकको पर्यटन क्षेत्रमा कोभिड–१९ महामारीको नराम्ररी असर परेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत बाह्य पर्यटक आवागमन निराशाजनक देखिन्छ । महामारी नियन्त्रणमा आएर बाह्य पर्यटक केही मात्रामा बढिरहेको सन्दर्भमा पुनः कोभिड–१९ को ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको छ । विभिन्न मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रतिबन्ध लगाइरहेका छन् । नेपाल सरकारले पनि उक्त भेरियन्टको जोखिमलाई ध्यान दिँदै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरिसकेको छ ।
हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले विश्वव्यापी रुपमा चिन्ताको विषय बनेको ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई थप त्रसित तुल्याएको बताए । हल्ला अनुसार कस्तो प्रभाव हुन्छ, अहिले नै भन्न नसकिने भए पनि स्वास्थ्य सावधानी अपनाएर व्यवसाय सञ्चालन गरिनुपर्नेमा उनले जोड दिए । अहिले पनि जापान हिँडेका ११ नागरिक मलेसियामा गएर अड्किएको भन्दै उनले अध्यागमन, नागरिक उड्डयन प्राधिकरणलगायत निकायले चनाखो भएर समयमै सही सूचना प्रवाह गर्नुपर्नेमा बताए ।
‘ओमिक्रोन भेरियन्टको हल्ला विश्वभर छ, तर नेपालले विशेष सावधानी अपनाउनुपर्छ, स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर अन्तरराष्ट्रिय उडान भने रोक्न हुँदैन,’ उनले भने । हाल जापान, इजरायल, अष्ट्रेलिया, बेल्जियम, अष्ट्रियालगायत मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाइसकेका छन् ।
बोर्डका निर्देशक लामिछानेले नयाँ भेरियन्टले डिसेम्बरमा पर्यटक आगमन घट्ने चिन्ता बढेको बताए । नयाँ भेरियन्ट डेल्टाभन्दा बढी सङ्क्रामक हुने हल्लाले पनि विश्व पर्यटन बजारलाई त्रसित बनाएको छ । नेपालमा अहिले कुनै जोखिम नरहे पनि दुई साताको परिणामको पर्खाइमा नेपाली पर्यटन क्षेत्र रहेको उनको भनाइ छ । रासस
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोसपाका महन्थ ठाकुर सहितका नेताहरूलाई बिचरा भनेका छन् । । बिहीबार जनकपुरधाम विमानस्थलमा अध्यक्ष यादवले सञ्चार कर्मीहरूसँग कुरा गर्दै जसपाबाट लोसपा बनाएका महन्थ ठाकुर सहितका नेताहरूलाई बिचरा भन्दै उनीहरूसँग जसपाको तुलना नगर्न आग्रह गरेका हुन् ।
२२ असार, काठमाडौं । मेक्सिकोका राष्ट्रपति एन्द्रेस म्यानुएल लोपेज ओब्राडरले कोरोना भाइरस (कोभिड–१९) बाट मेक्सिकोमा भइरहेको मृत्युलाई युरोपसँग तुलना नगर्न आग्रह गरेका छन् । मेक्सिकोमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या फ्रान्सको भन्दा बढी भएसँगै मेक्सिकोका …
काठमाण्डाै - अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषलाई बैंक तथा वित्तीय संस्थासँग तुलना नगर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सोमबार बसेको बैठकमा मन्त्री खतिवडाले नागरिक लगानी कोषले नाफा कमाउने उद्देश्य राखे पनि बैंकहरु जस्तो नाफा मुखि संस्था नभएकाले यसको पूँजी कम भए पनि फरक नपर्ने ब...
अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषलाई बैंक तथा वित्तीय संस्थासँग तुलना नगर्न आग्रह गरेका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा मन्त्री खतिवडाले नागरिक लगानी कोष नाफा कमाउने उद्देश्य राखे पनि बैंकहरु जस्तो नाफामुखी संस्था नभएकाले यसको पूँजी कम भए पनि फरक नपर्ने बताए।
रुस–युक्रेन युद्धको एक वर्ष बित्यो। युद्धले त्यसअघिको युक्रेन र अहिलेको युक्रेनको अवस्था तुलना गर्न नमिल्ने गरी जर्जर बनायो। रुसले गत वर्ष फेब्रुअरी २४ कै दिन युक्रेनमा आक्रमण गरेर युद्धको उद्घोष ग-यो। युद्धलगत्तै नेपाललगायत एकथरी विश्व समुदायले युद्धको पक्षमा नभई युक्रेनको सार्वभौमिकता र जनताको पक्षमा रहेको उद्घोष गर्दै युद्ध नगर्न अपिल ग-यो तर युद्ध रोकिएन।