काठमाण्डाै - मुख्य राजनीतिक दलहरुले स्थानीय तह चुनावको लागि घोषणापत्र बनाउने तयारी सुरु गरेका छन् ।
केन्द्र र स्थानीयस्तरबाट दुई थरी घोषणापत्र बनाउने दलहरुको तयारी छ। केन्द्रबाट नीतिगत र स्थानीयस्तरबाट सम्बन्धित पालिकाका योजना समेटिएका घोषणापत्र बनाउन लागिएको हो।मुख्य दुई दल एमाले र कांग्रेसले घोषणापत्र निर्माण समिति गठन गरिसकेका छन्।
एमालेले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा ११ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको छ । एमालेको स्थायी कमिटीको बैठकले घोषणापत्रको मस्यौदामाथि थप सुझाव सङ्कलन ...