अस्तिसम्म केपी शर्मा ओलीलाई नेता नै मान्न सकिँदैन भनेर भाषण गर्ने माधवकुमार नेपाल अमिलो मुख लगाएर लुरुलुरु ओली नेतृत्वकै पार्टीमा फर्किएका छन् । आफैँले पार्टीको सदस्यबाट समेत निष्कासन गरेका तिनै ओलीलाई नेता मान्न बाध्य भएका छन् । प्रचण्ड बराबरको हैसियतमा पुगियो भनेर हौसिँदै गर्दा लुडो खेलमा झैँ एक्कासी ९९ बाट दुई नम्बरमा झरेका छन् ।
आफ्नो जन्मदिनको दिन सर्वोच्च अदालतले `सरप्राइज गिफ्ट´ दिएपछि ओलीको जन्मदिनमा खाएको गुलियो लड्डु पनि तीतो भएको छ । हुन त त्यो लड्डु ओलीको जन्मदिनको खुसीयालीमा थिएन । ओलील...