एमाले अध्यक्ष केपी ओली एकतर्फी रुपमा अघि बढ्न थालेपछि वरिष्ठ नेता माधव कुमार नेपाल नयाँ रणनीति बनाउन जुटेका छन् । त्यसका लागि नेता नेपालले गत सोमबार बेलुकादेखि नै आफूपक्षीय स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरुसँग एक्लाएक्लै छलफल गरिरहेका छन् ।आफ्नो समूहको केन्द्रीय समिति बैठकमा ओलीसँग मिल्ने वा छुट्टै पार्टी गठन गर्ने भन्नेमा मिश्रित सुझाव पाएका नेता नेपाल अझै केही दिन पर्ख र हेरको अवस्थामा पुगेका हुन् ।आफ्नो समूहको केन्द्रीय समिति बैठकले पार्टी एकताका लागि अन्तिम समयसम्म पहल जारी राख्ने निर्