बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताउनु भएको छ।  सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन भनी प्रश्न गर्नुभयो । “चालु आर्थिक वर्षको पहिलो छ महिनामा सरकारको पुँजीगत खर्च समग्रमा कम रहनु हाम्रा लागि चिन्ताको विषय हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “पुँजीगत शीर्षकमा विनियोजन भएको सबै बजेट पूरा खर्च नहुने अवस्था हरेक वर्ष दोहोरिने बारेमा गम्भीर भएर सोचौँ । यो समस्याको समाधान यस आवको बाँकी अवधिमा गर्नैपर्छ ।” पुँजीगत खर्च बढाउन विभिन्न उपाय कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको परिप्रेक्ष्यमा उपलब्ध भएको बजेट पूर्णरूपमा खर्च हुने गरी विकास निर्माणका कार्यको नेतृत्व गर्न सबै मन्त्री तथा मुख्यमन्त्रीलाई उहाँले निर्देशन दिनुभयो । प्रधानमन्त्री दाहालले केही मन्त्रालय र केही राष्ट्रिय गौरवका आयोजनाले तुलनात्मक रूपमा राम्रो गरेको अवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति हासील गर्ने सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी खण्ड) र लुम्बिनी क्षेत्र विकास कोषलगायतलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले ती आयोजनाका साथै अन्य सबै आयोजनालाई बाँकी अवधिमा शतप्रतिशत नतिजा प्रदान गर्न निर्देशन पनि दिनुभयो । सरकारले गर्ने खर्चमार्फत अर्थतन्त्रमा बहुआयामिक असर तथा अवसर सिर्जना गर्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्र, सहकारी क्षेत्र, समुदाय र विकास साझेदारको स्रोतसाधन परिचालन गर्न पनि तोकिएको खर्च समयमै गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारका सम्पूर्ण अङ्गहरू प्रक्रियामुखीभन्दा परिणाममुखी सोचका साथ अगाडि बढ्न आवश्यक छ ।”

सम्बन्धित सामग्री

पुँजीगत खर्च बढाउन सरकार सधैं ‘अक्षम’

प्रक्रियागत झन्झट र जटिलताले पुँजीगत खर्च गर्न सरकार ‘अक्षम’ देखिएको छ। विगतका सरकारले जस्तै यो वर्ष पनि सरकारले पुँजीगत खर्च बढाउन सकेन।...

लुम्बिनीमा नौ महिनामा ३१.६८ प्रतिशत मात्र पुँजीगत खर्च

दाङ- लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षकोे ९ महिनामा एक तिहाइ पनि पुँजीगत खर्च हुन सकेको छैन । विकास निर्माणका काम हुने समयमा पनि पुँजीगत खर्च हुन सकेको छैन । यसले गर्दा विकास निर्माणको काममा प्रभाव परेको छ ।चैत मसान्तसम्ममा ३१.६८ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । यसरी पुँजीगत खर्च हुन नक्सदा विकासका कामले गति […]

पुँजीगत खर्च सत्ताइस प्रतिशत

काठमाडौं, बैशाख ४ । चालू आर्थिक वर्ष पूरा हुन तीन महिना बाँकी रहँदा पनि पुँजीगत खर्च एक तिहाइ पनि हुन सकेको छैन । आव २०७८/७९ को नौ महिना पूरा भइसक्दा लक्ष्यको २७.४५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चैतसम्मको पुँजीगत खर्च एक खर्ब तीन अर्ब ७८ करोड रुपियाँ मात्र खर्च […]

पुँजीगत खर्च बढाउन प्रोत्साहन

जिल्लामा पुँजीगत खर्च सन्तोषजनक देखिँदैन। स्थानीय तहदेखि अन्य सरकारी विकासे कार्यालयहरुको पुँजीगत खर्च उत्साहजनक नहुँदा समयमै बजेट खर्च गर्न कठिन छ भने अर्काेतिर खर्च भएको पैसाले गुणस्तरीय विकास हुने आशंका त्यत्तिकै रहेको देखिन्छ। यसको न्यूनीकरण गर्ने र स...

पुँजीगत खर्च बढाउन शिक्षा मन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिए । आर्थिक वर्ष २०७८।०७९ को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सोही निर्देशन दिएका हुन् ।मन्त्रालयको पुँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरूलाई निर्देशन दिए ।‘पुँजीगत खर्च हेर्दा चिन्ताजनक […]

पुँजीगत खर्च बढाउन शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७८।०७९को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सोही निर्देशन दिएका हुन् ।मन्त्रालयको पुँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरुलाई निर्देशन दिए । ‘पुँजीगत खर्च हेर्दा चिन्ताजनक देखिएको छ,’ उनले भने, ‘एक महिनाको अविधिमा ट्रयाकमा ल्याउनेगरी काम गरौं कुनै

शिक्षामन्त्रीद्वारा पुँजीगत खर्च बढाउन निर्देशन

मन्त्रालयको पुँजीगत खर्च चिन्ता जनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरुलाई निर्देशन दिए।...

सुदूरपश्चिम प्रदेशमा बढेन पुँजीगत खर्च

योजनाहरु समयमै कार्यान्वयनमा जान नसक्दा सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत खर्च पहिलो पाँच महिनाको अवधिमा बढ्न सकेको छैन ।आर्थिक वर्ष २०७८/०७९ को सो अवधिमा गत आर्थिक वर्षमा भएको जत्ति पनि पुँजीगत खर्च हुन नसकेको हो । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा पुँजीगत खर्च मंसिर मसान्तसम्म ७.६८ प्रतिशत भएकोमा चालु आर्थिक वर्षमा […]

लकडाउनमा भन्दा पनि कमजोर पुँजीगत खर्च

पाँच महिनाको पुँजीगत खर्च विगत तीन वर्षयताकै न्यून, मासिक १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्रीको घोषणा, तर २ प्रतिशत पनि हासिल भएन वर्तमान सरकार पुँजीगत खर्चमा निकै कमजोर देखिएको छ । चालू...

संघ मातहतका कार्यालयको पुँजीगत खर्च २ प्रतिशत मात्र

गोरखामा संघ सरकार भन्दा प्रदेश सरकार मातहतका कार्यालयको पुँजीगत खर्च बढी रहेको पाइएको छ ।चालु आर्थिक वर्षको पहिलो चौमासिक अर्थात् साउनदेखि कात्तिकसम्म संघ भन्दा प्रदेश सरकार मातहतका कार्यालयको पुँजीगत खर्च बढी रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले जनाएको छ ।यो अवधिमा संघ मातहतका कार्यालयको पुँजीगत खर्च २.५१ प्रतिशत रहेकोमा प्रदेश मातहतका कार्यालयको पुँजीगत खर्च […]