नालदुम तथा महादेव पोखरीलाई हाल भक्तपुरको नगरकोट नामले समेटेको छ । यो भक्तपुर तथा काभ्रेपलाञ्चोक जिल्लाको सिमाना क्षेत्र हो । पर्यटनका लागि महत्वपूर्ण भएकाले विदेशी तथा स्वदेशीको लागि एकदमै परिचित स्थान हो भने नेपाली सेनाको लागि ढुङ्गा माटोसँग खेल्ने इलाका भएकोले प्रायः सेनाको सकलमा तथा देश–विदेशमा समेत यस स्थानबारे अवश्य पनि परिचय छ ।यस क्षेत्रमा नेपाली सेनाको कलेज अफ कम्ब्याट रहेको छ । किन र कहिलेबाट यस क्षेत्रलाई नगरकोट भन्न थालियो भन्ने अभिलेख भेटिन्न । यद्यपि केही प्रमाणका आधारमा (पूर्