प्याट कमिङ्स अष्ट्रेलियाको टेष्ट कप्तान नियुक्त, स्मिथ उप-कप्तान

१० मंसिर, काठमाडौं। तीव्र गतिका बलर प्याट कमिङ्स अष्ट्रेलियाको टेष्ट टिमका कप्तान नियुक्त भएका छन् । यस्तै बल टेम्परिङ कान्डमा मुछिएपछि नेतृत्वबाट बाहिरिएका पूर्व कप्तान स्टिभ स्मिथ पनि नेतृत्वमा फर्केका छन् र उनी उप-कप्तान बनेका छन् । कमिङ्स अष्ट्रेलियाको ४७औं टेष्ट कप्तान हुन् । ५ सदस्यीय छनोट समितिले अन्तर्वार्ता लिएपछि क्रिकेट अष्ट्रेलियाको बोर्डले कमिङ्सलाई कप्तान […]