धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाले आफ्ना १९ वडाका ९० हजार नागरिकलाई कोभिड खोप लगाएको जानकारी दिएको छ । एक लाखभन्दा बढी नागरिकले खोप केन्द्रमा आई नाम दर्ता गरे पनि ९० हजारलाई मात्र खोप लगाउन सकिएको स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले जानकारी दिए । धनगढी उपमहानगरपालिका सबै वडामा रहेका असक्त, अपाङ्ग ४ सय ५० जनालाई घरमै गएर कोभिड खोप लगाइएको छ । नाम दर्ता गरेका बाँकी १० हजारलाई पनि छिट्टै खोप लगाइने बोहराले बताए ।कडा खालको रोग लागेका ८२ जना विपन्न परिवारलाई स्वास्थ्य शाखाको सिफारिसबाट