निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि बागलुङ बजारको लिफ्टिङ खानेपानी परियोजना सम्पन्न हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्ती र प्राकृतिक विपत्तिका कारण बागलुङ नगरको सहलगानीको खानेपानी परियोजना सम्पन्न गर्न ढिलाइ भएको हो । परियोजना पूर्ण रूपमा सम्पन्न नहुँदा बागलुङवासीले खानेपानीको समस्या भोग्दै आएका छन् ।
निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि बागलुङ बजारको लिफ्टिङ खानेपानी परियोजना सम्पन्न हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्ती र प्राकृतिक विपत्तिका कारण बागलुङ नगर सह-लगानी खोनेपानी परियोजना सम्पन्न गर्न ढिलाइ भएको हो ।
खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा साप्सु खोलाको पानी गाउँमा निकालेर वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा खानेपानीको सुविधा विस्तारका लागि मेवा दोभान, साप्सु कालिका देविस्थान लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको हो। शनिबार लफ्याङमा साप्सु खोला […]
जिल्लाको पहाडी भेगका ३ गाउँपालिका र कटारी नगरबासीसमेतका लागि गत ०७५ सालदेखि सञ्चालन गर्ने भनिए पनि अहिलेसम्म सुरु नभएको लिफ्टिङ खानेपानी योजना कार्यान्वयनमा आउन लागेको छ।...
लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका स्थानीयको घर घरमा धारा जडान गरिएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमुलमा ‘हिले राजास्वारा लिफ्टिङ खानेपानी योजना’ सञ्चालनमा आएसँगै खानेपानीको समस्या हटेर गएको हो ।
एक गाग्री पानीका लागि स्थानीयले झण्डै एक घण्टा समय खर्चनुपर्ने बाध्यता रहेकोमा खानेपानी योजना निर्माण भएपछि खानेपानी बोक्नुपर्ने दैनिकी फेरिएको उक्त खानेपानी योजना उपभोक्ता समितिका सचिव पवनकाजी अधिकारीले बताउनुभयो । “गाउँभन्दा तल रहेको मूलबाट बिजुलीका माध्यमबाट गाउँभन्दा माथि ट्याङ्की निर्माण गरी पानी तानिएको छ”, समितिका सचिव अधिकारीले भन्नुभयो, “मूलबाट गाउँमाथि रहेको ट्याङ्कीमा पानी ल्याइपु¥याउन एक हजार ६०० मिटर पाइप बिच्छ्याइएको छ ।”