जनकपुरधाम : प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख डा. राजेश झा अहिराजबाट गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध उच्च अदालत जनकपुरधाममा रिट दायर भएको छ। प्रदेश २ सरकार समावेशी समानुपातिक सिद्धान्तअनुसार गठन नभएको भन्दै बिहीबार रिट निवेदन दायर भएको हो। एडभोकेसी फोरमका प्रदेश २ संयोजकसमेत रहेका अधिवक्ता राजकुमार महासेठ र अमित कुमार पण्डितले रिट दायर गरेका हुन्।रिटमा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्