पर्वत : कास्कीको पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले करिब चार हजार मतको अग्रता लिएका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा सार्वजनिक पछिल्लो विवरणअनुसार एक लाख १९ हजार ३१९ मत गणना भइसकेको छ। त्यसमध्ये गठबन्धनबाट नेकपा एकीकृत समाजवादी उम्मेदवार आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई तीन हजार ८५३ मतले पछाडि पारेका छन्। आचार्यको पक्षमा ४७ हजार ९९२ मत आउँदा थापाले ४४ हजार १३९ मत पाएका छन्।नगर प्रमुखमा नै प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उ