सुर्खेत । भारतका ठूला सहरमा कोरोना संक्रमण बढ्दै जान थालेपछि रोजगारीमा भारतमा गएका नेपालीहरू आउने क्रम बढेको छ । भारतमा रोजगारीका लागि गएका नेपालीहरू भारतमा कोरोना संक्रमण दर बढेपछि घर फिर्ता हुनेको संख्या बढेको हो । भारतमा रोजगारी गरिरहेका नेपालीलाई कोरोना संक्रमण दर बढेपछि रोजगारदाता कम्पनी तथा साहुहरूले नेपालीलाई रोजगारीबाट छुटाउने गरेका छन् । भारतको […]
The post समुदायस्तरमा संक्रमण फैलने खतरा appeared first on राजधानी राष्ट्रिय दैनिक.
शक्तिशाली व्यक्तिको धम्की आएपछि सेरम इन्स्टिच्युटका सिइओ अदार पुनावाला परिवारसहित बेलायत भागेका छन् । उनले धम्कीपछि आफूले भारत छोडेको बताएका हुन् । सेरम इन्स्टिच्युटले भारतमा कोरोनाविरुद्धको खोप कोभिशिल्ड उत्पादन गर्दै आएको छ । बेलायत गएका पुनावालाले त्यहाँको एक अखबारलाई अन्तर्वार्ता दिँदै आफूलाई सुरक्षा खतरा भएकाले लण्डन आएको अभिव्यक्ति दिएका छन् । नवभारत टाइम्सका अनुसार उनलाई कोभिड भ्याक्सिन छिटोछिटो सप्लाई गर्न भन्दै भारतका शक्तिशाली व्यक्तिहरुले फोन मार्फत धम्क्याएका थिए
वीरेन्द्रनगर। भारतमा कोरोना संक्रमण फैलिएपछि स्वदेश फर्किएका नेपाली बिनापरीक्षण सिधा घर पुग्ने गरेका छन्। भारतबाट आएकालाई राख्ने क्वारेन्टिन नहुँदा उनीहरु सिधै गाउँ पुग्दा संक्रमण पनि गाउँगाउँमा पुगेको छ। क्वारेन्टिन र चेकजाँच नहुँदा संक्रमण भयावह बन्ने खतरा देखिएको स्थानीयको गुनासो छ। सुर्खेत बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले भारतसहित अन्य देशबाट आएकालाई घरमा नै सुरक्षित रुपमा बस्न भनिएको बताए।
नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढिरहेको भन्दै सचेतना अपनाउन आग्रह गरेको छ ।
समाजका अध्यक्ष दुर्गाबहादुर केसीले एक वक्तव्य प्रकाशित गरी नेपालीहरुमा फेरि पनि गतवर्ष जस्तै संकटको स्थिति उत्पन्न हुने आशंकाले सताइरहेको भन्दै यस्तो अवस्थामा असामाजिक तत्वहरुले विगतमा जस्तै भ्रम श्रृजना गरि अवसरको फाइदा उठाउने प्रयत्न गर्न सक्नेतर्फ सचेत गराउनुभएको छ ।
सबै नेपाली श्रमजिवीहरु भ्रममा नपरि भय–त्रासबाट बच्न र समस्यासंग सामुहिक संघर्ष गरि समाधानको लागि प्रयासरत रहन पनि मूल प्रवाहले आग्रह गरेको छ ।
मूल प्रवाहको हालै सम्पन्न केन्द्रीय समिति बैठकले गरेका निर्णयहरुबारे वक्तव्यमार्फत मूलप्रवाहले जानकारी पनि दिएको छ। वक्तव्यमा तत्कालै राजनीतिक अस्थिरताको अन्त गरि लोकतान्त्रिक मुल्यमान्यता बहाल गर्दै राष्ट्रियता, गणतन्त्र, संविधान र धर्मनिरपेक्षताको रक्षा गर्नुपर्नेमा जोड दिइएको छ ।
यस्तो छ वक्तव्यः
‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको नवौं बैठक २०–२१ मार्च २०२१ का दिन सम्पन्न भएको छ । बैठकमा गरिएका निर्णयहरु र समसामयिक विषयप्रति संगठनको धारणा स्पष्ट गर्न यो विज्ञप्ती जारि गरिएको छ ।
नेपालमा चल्ने प्रत्येक आन्दोलनहरुमा भारतस्थित नेपालीहरुको प्रत्यक्ष सहयोग र समर्थन रहँदै आएको छ । ठूला भनाउँदा राजनीतिक दलहरुको सत्तास्वार्थ र साझेदारीको विवादका कारणले विगतमा नेपाली जनताले चलाएको आन्दोलनको बलमा प्राप्त गणतन्त्र माथि खतराको बादल मडारिएको छ । राजनीतिक स्वार्थकै कारण संवैधानिक संस्थालाई समेत प्रभावित गरि दुरुपयोग गर्ने काम भएको छ । यसले लोकतान्त्रिक मुल्यमान्यताका साथै गणतन्त्र, धर्मनिरपेक्षता र संविधान माथि समेत खतरा उत्पन्न भएको छ । अहिलेको तरल राजनीतिक अवस्थामा देशी–विदेशी प्रतिक्रियावादी–साम्राज्यवादी शक्तिहरुले फाइदा उठाई नेपालको सार्वभौमसत्ता एवं राष्ट्रियताका विरुद्ध षडयन्त्र गरिरहेका छन् । तत्कालै राजनीतिक अस्थिरताको अन्त गरि लोकतान्त्रिक मुल्यमान्यता बहाल गर्दै राष्ट्रियता, गणतन्त्र, संविधान र धर्मनिरपेक्षताको रक्षा गर्नुको विकल्प छैन ।
कोरोना महामारी तथा कोरोना भाईरसको संक्रमण रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारणले उत्पन्न विषम परिस्थितिका बाबजुद आपत विपतमा परेका नेपाली श्रमिकहरुलाई राहत तथा उद्धार कार्यमा सहयोग गर्न संगठनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ...
एजेन्सी- चीनमा देखा परेकाे कोरोना भाइरसकाे खतरा भारतमा पनि रहेकाे बताइएकाे छ।
भारतमा कोरोना भाइरसको संक्रमणकाे आशंकामा ११ जनालाई निगरानीमा राखिएको छ। जसमा केरलाका ७ जना...