कपिलबस्तु । कपिलबस्तुको कृष्णननगर नाका हुँदै नेपाल भित्रिएका कोरोना संक्रमितहरुलाई होम आईसोलेसनमा बस्ने भन्दै घर पठाएपछि संक्रमणको जोखिम बढेको छ । भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपाल फर्केकाहरुको नाकामा एन्टीजन परीक्षण गरी पोजेटीभ आए पनि घर पठाउँदा संक्रमण समुदाय स्तरमा फैलने जोखिम बढेको हो । नाकामा होल्डिङ सेन्टरको काम भैरहेको हुँदा जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले […]