हेटौंडा : बागमती प्रदेशका प्रदेशसभा सदस्यहरूले आफैं सञ्चारगृह सञ्चालन गर्ने कार्यक्रमलाई बजेटबाट हटाउन माग गरेका छन्। शुक्रबार बसेको संसद बैठकमा बजेटमाथि धारणा राख्ने सांसदहरूले प्रदेश सरकारले आफैंले सञ्चारगृह सञ्चालन गर्ने गरी ल्याएको बजेट र कार्यक्रमलाई खारेज गर्न माग गरेका हुन्।प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा आफैंले सञ्चारगृह सञ्चालन गर्न १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेशसभा सदस्य गीता वाग्लेले सरकार आफैंले सञ्चारगृह सञ्चालन गरेर पत्रकारितामाथि हमल