कञ्चनपुर : दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमास्थल स्तरोन्नतिको काम सुरू भएको छ। स्तरोन्नतिका लागि कान्छाराम/केएस/उमा एण्ड कम्पनीले ४५ करोड ६६ लाख ७१५ रूपैयाँमा ठेक्का लिएको छ। निर्माण कम्पनीले तीन वर्षमा निर्माण पूरा गर्ने सम्झौता गरेको छ।कम्पनीका इन्जिनियर जितेन्द्र यादवका अनुसार विमान स्थलको रनवेको माथिल्लो तहको खुकुलो माटो‚ झाडी र बुट्यान हटाउने काम सुरू भएको छ। ‘झारपातसँगै खुकुलो माटो हटाएपछि स्तरीय माटो भरान गर्छौं‚’ उनले भने, ‘त्यसपछि ग्राभेल ग