भरतपुर विमानस्थलको रनवे आसपास झाडी बढ्दा जोखिम

चितवन – भरतपुर विमानस्थलको धावनमार्ग आसपास क्षेत्रको झाडी सफा नहुँदा जोखिम बढेको छ। झाडीमा स्याल, दुम्सीलगायत जनावरको वासस्थान बन्दै गएको छ। जहाज अवतरण र उडानका लागि गुडेका बेला ती जनावर धावनमार्गमा आएमा दुर्घटना हुन सक्ने उच्च जोखिम देखिएको छ। विमानस्थल प्रशासनले बजेटको अभाव भन्दै बेवास्ता गरेका कारण जुनसुकै समयमा जोखिम हुन सक्ने चिन्ता सरोकारवालाको छ। […]