बिहीबारदेखि काठमाडाैँमा नेपाल नवौं बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडाैँ- नेपाल नवौं बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी बिहीबारदेखि हुँदै छ। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लिको संयुक्त आयोजनामा बिहीबारदेखि आउँदो २१ गते सम्म काठमाण्डौको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको हो। निर्माण ब्यबसायसँग सम्बन्धित उत्पादन र यस क्षेत्रका नवीनतम प्रविधिबारे जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामग्री र प्रविधिलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच […]

सम्बन्धित सामग्री

दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’ हुँदै

खोटाङ, १७ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी असोज तेस्रो साता जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ कार्यक्रम गर्ने भएको छ । जिल्लाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी असोज १७ देखि २१ गतेसम्म पाँचदिने कला प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने तयारी […]

‘नेपाल इलेक्ट्रिक पावर लाइट्स’ प्रदर्शनी हुँदै

विद्युतीय र ऊर्जासँग सम्बन्धित ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै छ।...

‘नेपाल फर्मा एण्ड हेल्थ’ प्रदर्शनी हुँदै

आगामी माघ ६ देखि ८ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा ‘नेपाल फर्मा एण्ड हेल्थ’ नामक औषधोपचार, स्वास्थ्यपचार, तथा फार्मेर्सीसँग सम्बन्धित प्रदर्शनी हुँदै छ।...

बुटवलमा नेपाली चिया प्रदर्शनी हुँदै

आगामी ३ र ४ असारमा बुटवलस्थित सिद्धार्थ कटेजमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाहरूको सहकार्यमा चिया प्रदर्शनी आयोजना हुन लागेको हो । ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने मुल नाराका साथ नेपालमा उत्पादित चियाको देश भित्रै […]

१६औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

२०७९ साल १९ जेठदेखि २३ गतेसम्म ‘नेपाल १६औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९’ राजधानीमा आयोजना हुने भएको छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो ।मेड इन नेपाल अभियानको रूपमा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार […]

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं (अस) । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्त रूपमा आयोजना गर्दै आएको  सातौं संस्करणको नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पो काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ । एक्स्पो आउँदो  फागुन २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातिप्राप्त ब्रान्डका १५० भन्दा बढी स्टल रहनेछन् । निर्माण कम्पनी, डिलर, सब–डिलर र बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे बुझाउन र यस क्षेत्रका नयाँ प्रविधिबारे जानकारी गराउन मेला आयोजना गरिन लागेको आयोजकले बताएको छ । प्रदर्शनीमा निर्माण सामग्री, निर्माण औजार, हेभी इक्युपमेन्ट, प्रि–फ्याब स्ट्रक्चर, यूपीभीसी विन्डोज् मेसिनरी, यूपीभीसी प्रोफाइल, डोर एन्ड विन्डोज्, आर्किटेक्चरल हार्डवेयर, बाथरुम, फिटिङ पाइप्स, टायल्स एन्ड स्यानिटरी वेयर, रुफिङ, इन्जिनियरिङ बिल्डिङको सहभागिता रहनेछ । मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार प्रदर्शनीमा टाइटल स्पोन्सर हुलास स्टिल इन्डस्ट्रिज रहनेछ भने सहयोगी संस्थामा नेपाल इन्जिनियरिङ एसोसिएसन, फेडेरेसन अफ कन्ट्रयाक्टर्स एसोसिएसन अफ नेपाल, सोसाइटी अफ नेपलिज् आर्किटेक्टस्, हेभी इक्युपमेन्ट पार्टस् एसोसिएसन तथा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिज रहेका छन् । प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका आर्किटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर, बिल्डर्स, इन्टेरियर डिजाइनर, घर बनाउन चाहने व्यक्ति तथा सर्वसाधारणको उल्लेख्य सहभागिता हुने अपेक्षा आयोजकको छ ।

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडैं (अस) । काठमाडौंको भृकुटीमण्डपमा पुस २३ देखि २५ गतेसम्म नेपाल उड अन्तर्राष्ट्रिय उड प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले सातौं संस्करणका रूपमा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल अन्तर्राष्ट्रिय फर्निचर एन्ड होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गर्न लागेका हुन् । उक्त प्रदर्शनीमा विभिन्न देशका १०० भन्दा बढी ख्यातिप्राप्त ब्रान्डका स्टल रहनेछन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब–डिलर र बिक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादन र यस क्षेत्रमा आउने नयाँ प्रविधिबारे जानकारी गराउन प्रदर्शनी सफल हुँदै गएको आयोजकको भनाइ छ । प्रदर्शनीमा काठको काम तथा फर्निचर उत्पादनसम्बन्धी मेसिनरी, प्लाइउड, ढोकाझ्याल, फिटिङ्स, काठसँग सम्बन्धित सामान, कच्चा पदार्थ, इन्टेरियर डेकोर, होम डेकोर, होम फर्निचर, अफिस फर्निचर तथा फिनिस्ड प्रडक्टको सहभागिता रहनेछ । प्रदर्शनीले सानादेखि ठूलासम्म सबै उद्योगलाई आफूले प्रयोग गरिरहेका मेसिनलाई परिमार्जित गर्दै प्रभावकारी बनाउन मद्दत गर्नेछ ।

काठमाडौंमा ढाका प्रदर्शनी हुँदै

ढाका तथा अल्लोबाट उत्पादित सामग्रीको प्रदर्शनी हुने भएको छ । आगामी पुस २, ३ र ४ गते बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा प्रदर्शनी हुने भएको हो ।नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको आयोजनामा उक्त प्रदर्शनी हुन लागिएको हो । प्रदर्शनीमा ४० वटा स्टलमध्ये २५ वटा स्टलमा ढाकाका […]

तीन दिने ‘ढाका प्रदर्शनी’ हुँदै

ढाकाका कपडाको प्रबद्र्धन गर्नलाई यही पुसमा तीन दिने ‘ढाका प्रदर्शनी’ आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरिले पुस २, ३ र ४ गते ढाका प्रदर्शनी आयोजना हुने बताए ।उनले नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी संघको आयोजनामा प्रदर्शनी हुने लागेको रातोपाटीलाई जानकारी दिए । पुस २ गते ह्याण्डलुम (हाते तान) तथा ढाका उद्योगी कपडा संघको सम्मेलन छ र त्यही दिनदेखि प्रदर्शनी सुरु हुनेछ ।नेपालमा तेह्रथुमे र पाल्पाली ढाकाको प्याटेन्ट र ट्रेडमार्क रहेको गिरीले जान