काठमाडौ : सरकारले साउन २५ गतेबाट यसअघि कोभिसिल्ड खोप लगाएकाहरुलाई दोस्रो डोज स्वरुप एस्ट्राजेनका खोप लगाउने भएको छ।गत फागुनको अन्तिमसाता कोभिसिल्ड खोप लगाएका १३ लाख जेष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाइने भएको हो। सरकारले जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनका लगाउने तयारी गरेको परिवार कल्याण महाशाखाका प्रमुख डा तारा पोखरेलले बताए।‘आज भुटानबाट खोप आएको छ अब भोलि सम्म जापानबाट पनि खोप आउने कुरा छ। त्यसैले २५ गतेबाट यसअघि कोभिसिल्ड लगाएकाहरुलाई दोस्रो डोज स