चालू आर्थिक वर्षमा बिदा हुँदै ११ सचिव, दुई जनाले चैतमै अवकाश पाउने

चालू आर्थिक वर्ष २०७७/०७८ मा विशिष्ट श्रेणीका ११ जना कर्मचारीले अवकाश पाउने भएका छन् । राष्ट्रिय किताबखानाले लोकान्तरलाई उपलब्ध गराएको तथ्यांकअनुसार हाल बहालमा रहेका कुल ६० जना सचिवमध्ये ११ जना सचिवले चालू आर्थिक वर्षमा अवकाश पाउन लागेका छन् । जसमध्ये २ जनाले भने यही २०७७ मै अवकाश पाउने छन् । २०७७ चैत २ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पोखराका प्रमुख सचिव विष्णुप्रसाद नेपालले अवकाश पाउन लागेका छन् । २०७७ चैत २७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तीर्थराज ढकालले अवकाश पाउनेछन् । वैशाख ...

सम्बन्धित सामग्री

कामु मुख्यसचिवसहित १८ सचिव र ८९ सहसचिव घर जाँदै

काठमाडौं । यस वर्ष कायममुकायम (कामु) मुख्यसचिव सहित १८ जना सचिव अर्थात राजपत्रांकित विशिष्ट श्रेणीमा कार्यरत कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । राष्ट्रिय कितावखानाको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८१/०८२ मा कामु मुख्यसचिव लीलादेवी गड्तौलासहित १८ जना सचिवले अनिवार्य अवकाश पाउन लागेका हुन् । यसमा सबैभन्दा बढी प्रशासन सेवाका ९ जना सचिवले अनिवार्य अवकाश […]

पेन्सनको भार : आठ महिनामा साढे ३६ अर्ब रुपैयाँ सकियो

अवकाश प्राप्त कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिन मात्रै चालू आर्थिक वर्ष २०७७-७८ को आठ महिनामा राज्यकोषको झन्डै साढे ३६ अर्ब रुपैयाँ सकिएको छ । सरकारले चालू आवको गत फागुन मसान्तसम्ममा अवकाश प्राप्त कर्मचारीलाई प्रदान गरिने पेन्सनबापत कुल ३६ अर्ब ४६ करोड ६७ लाख ९३ हजार ३ सय ६३ रुपैयाँ खर्च गरेको हो ।लामो समय सरकारी जागिर खाएर उमेर पुगेपछि अवकाश प्राप्त कर्मचारीलाई प्रदान गरिने पेन्सन रकममध्ये सो अवधिमा निजामती, प्रहरी, सेनातर्फका अवकाश प्राप्त कर्मचारीका लागि २८ अर्ब ४ करोड ७५ लाख ६५