हुन्डाई क्रेटा ईभीको सुरुवाती मूल्य १८ लाख

काठमाडौं । हुन्डाईको पहिलो भारतीय इलेक्ट्रीक भेहिकल क्रेटा ईभीको मूल्य सार्वजनिक भएको छ । कम्पनीले आजदेखि नयाँदिल्लीमा सुरू भएको भारत मोबिलिटी ग्लोबल एक्पोमा क्रेटा ईभीको ४२ र ५१.४ किलोवाट आवर ब्याट्रीप्याक भेरियन्टको इन्टडक्टरी मूल्य सार्वजनिक भएको हो । भारतीय बजारमा ४२ किलोवाटको ब्याट्री भएको क्रेटा ईभी ४ भेरियन्टमा सार्वजनिक भएको छ । जसमा एक्जुकेटिभ भेरियन्टको […]

सम्बन्धित सामग्री

हुन्डाई भेन्यूको मूल्य सार्वजनिक, ६.९९% मा नै खरिद गर्न सकिने

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको भेन्यूको मूल्य सार्वजनिक गर्दै बिक्री वितरण बिक्री सुरु गरेको छ। नेपालमा नै हुन्डाई भेन्यूको व्यवसायिक उत्पादन गरिएको कुरालाई ध्यानमा राखी हुन्डाई नेपाल: मेड फर योर जोर्नी ग्राहकमुखी योजना ल्याएको छ । यस योजनामा हुन्डाई भेन्यू खरिद गर्दा […]

हुन्डाई कोना जी एल को मूल्य सार्वजनिक

काठमाडाैं- हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना जिएल इलेक्ट्रीक सार्वजनिक गरेको छ । कम्पनीले कोना जीएल भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ रहने जनाएको छ । कोना इभी को इन्ट्री भेरियन्ट-जीएल ५९ लाख ९६ हजार र जीएल-एस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेकोको छ । विद्युतीय गाडीहरुको बढ्दो मागलाई मध्यनजर […]

हुन्डाई ग्रुपले पहिलो पटक इलेक्ट्रीक कारको मूल्य घटायो

काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले पहिलो पटक आफ्ना विद्युतीय कारको मूल्य कटौती गरेको छ । कम्पनीले कोरियन मार्केटबाट मूल्य घटाएको हो । हुन्डाई मोटर ग्रुप अन्तर्गत रहेका हुन्डाई र किया दुबै ब्राण्डको विद्युतीय कारको मूल्य ३ हजार डलरले घटाइएको हो । मूल्य घटेका मोडलमा आयोनीक-५, ईभी-६, आयोनीक-६ र निरो ईभी छन् । टेस्ला, बीवाइडी, […]

डलरको मूल्य बढेसँगै हुन्डाई कोनाको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौं । डलरको एक्सजेन्ज रेट महंगो बन्दा गाडीको मूल्य बढ्न थालेको छ । विभिन्न कम्पनीले उपलब्ध गराउँदै आएको विद्युतीय गाडी र तेस्रो मुलुकबाट आउने कम्बस्चन गाडीको मूल्य बढ्ने भएको हो । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विक्री गर्दै आएको हुन्डाई कोना ईभीको मूल्य २ लाख ५० हजार रुपैयाँसम्मले बढेको छ । कम्पनीले दुई भेरियन्टमा […]

अल न्यू हुन्डाई टुसानको बिक्री सुरु, कति छ मूल्य ?

हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको छ । हुन्डाईले फ्यूचरस्टीक डिजाइनमा तयार पारेको नयाँ जेनेरेशन टुसान विश्वभर चर्चामा रहेको मोडल हो । ‘मोस्ट डाइनामीक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेशन टुसानलाई ‘एउटा डिजाइन रिभोलुसन’ को संज्ञा दिइएको छ । यसमा प्रयोग गरिएको प्यारामेट्रीक हिडन लाइट, लामो ह्वीलवेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको ठूलो अलोय ह्वील, टु ह्वील र फोर ह्वील ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई अलग पहिचान दिएको छ ।नेपाली बजारमा नयाँ जेनेरेशन टुसानको विभिन्न ४ भेरियन्ट उपलब्ध हुनेछ । जसमा जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल), जिएलएस टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल), जिएलएक्स टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल) र जिएलएक्स फोर ह्वील ड्राइभ अटोमेटीक (डिजेल) भेरियन्टमा उपलब्ध रहने छ । यसको सुरुवाती भेरियन्ट जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल)को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।अमेजन ग्रे, ह्वाइट क्रिम, क्रिमशन रेड, सिम्रिङ सिल्भर, डिप सि र टाइटन ग्रे कलरमा उपलब्ध रहेको नयाँ जेनेरेशन टुसानमा भ्यान्टीलेटेड सिट, हाइट एड्जस्ट, अटोमेटीक पावर टेलगेट, मल्टी एयर मोड सिस्टम, एम्बीयन्ट मुड लाइट जस्ता फिचरले चालक र यात्रुलाई सुखद यात्रा गराउने छ । बोल्ड डिजाइन र प्रविधिको भरपुर प्रयोग गरिएको इन्टेरियर, २.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिन यसको सबल पक्ष हो ।लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर रहेका आफ्ना १३ शोरुम, १७ सर्भिस नेटवर्कबाट गाडी विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्दै आएको छ । हुन्डाई मोटर्स विश्वकै ५ औं ठूलो कार उत्पादक कम्पनी हो ।

नेपालमा स्कोडा कुशाकको बुकिङ खुला, कति पर्ला मूल्य ?

यसका सबै भेरियन्टमा फ्रन्ट डिस्क ब्रेक र रियर ड्रम ब्रेक रहने कम्पनीले जनाएको छ । कुशाकको प्रतिस्पर्धा हुन्डाई क्रेटा र किया सेल्टोससँग हुनेछ ।

नेपालमा भित्रियो हुन्डाई प्यालिसेड

काठमाडौं (अस) । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी प्यालिसेड नेपालमा भित्र्याएको छ । कम्पनीका अनुसार यो गाडी सात सिटे प्रिमियम एसयूभी हो । यो कार छिट्टै आधिकारिक रूपमा सार्वजनिक गरिने कम्पनीले बताएको छ । कोरियामा निर्मित प्यालिसेड नेपाली बजारमा २/२ लिटरको डिजेल इन्जिन अप्सनमा आउनेछ । ३८ सय सिसी इन्जिनयुक्त यो गाडीले ५०० आरपीएममा २८७ बीएचपी अधिकतम पावर जेनरेट गर्छ । एसयूभी सेगमेन्टअन्तर्गतको यो गाडीमा आठ स्पिड अटोमेटिक ट्रान्समिसन रहेको छ । कम्पनीले नेपाली बजारमा हुन्डाई प्यालिसेडको सुरुआती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरेको छ । कम्पनीका अनुसार नेपाली बजारमा यो एसभीयूको प्रतिस्पर्धा टोयटाको फर्चुनर, मित्सुबिसी पजेरो र फोर्ड कोइन्डेभरसँग हुनेछ ।

हुन्डाई ७ सिटर प्रिमियम एसयूभी ‘प्यालिसेड’ नेपालमा, मूल्य कति ?

काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी ‘प्यालिसेड’ गाडि नेपाल भित्र्याएको छ ।कोरियन ‘प्यालिसेड’ ७ सिटर प्रिमियम एसयूभी हो । यो कार छिट्टैनै आधिकारीक रुपमा नेपालमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा ‘प्यालिसेड’ २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ । जसले २०० पीएस पावर तथा १७५०–२७५० आरपीएम टर्क उत्पादन गर्नेछ।यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेक

विद्युतीय गाडीको पूर्वाधार विकास र सेवा विस्तारमा हुन्डाई नेपाल

काठमाडौं (अस) । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विद्युतीय गाडीको पूर्वाधार विकास र सेवा विस्तारलाई अगाडि बढाउने भएको छ । कम्पनीले विद्युतीय गाडीको कर घटाउने सरकारको निर्णयको स्वागत गर्दै बजार विस्तार गर्न थालेको हो । नेपालमा हाल हुन्डाईका विद्युतीय कारमा कोनका र आइकोनिक दुई मोडल छन् । कम्पनीले राजस्व घटेपछि विद्युतीय गाडीमा उपभोक्ता आकर्षित हुने जनाउँदै इभी बेच्न चार्जिङ स्टेसनमा ठूलो लगानी गर्ने बताएको छ । कम्पनीले नेपालका विभिन्न २१ ठाउँमा चार्जिङ प्वाइन्ट स्थापना गरेको छ भने ती प्वाइन्टमा हुन्डाईका गाडीले निःशुल्क चार्ज गर्ने सुविधा पाउनेछन् । अटो मोबाइलको भविष्य विद्युतीय सवारीको दिशामा सर्दै गएकाले हुन्डाईले विद्युतीय क्षेत्रमा आफ्ना ईभी गाडीको बिक्री बढ्ने अपेक्षा गरेको छ । सरकारले विद्युतीय गाडीमा कर घटाएकाले हुन्डाईका विद्युतीय गाडीको शुल्क पनि घटेको कम्पनीले बताएको छ । एलआई अटो सर्भिस कुपन्डोल, एलआई क्विक्स तिनकुने, लबिम मल पुल्चोक, न्यू शिवा सर्भिस सिनामंगल, हुन्डाई सेल्स नक्साल, हुन्डाई सेल्स थापाथली, बाराही सर्भिस सेन्टर पोखरा, विन्ध्या सर्भिस सेन्टर पोखरा, पोखरा ग्रान्ड होटल, जगत मोटर्स भैरहवा, सिद्धिविनायक सर्भिस बुटवल, न्यू राइडर सर्भिस दाङमा कम्पनीका चार्जिङ प्वाइन्ट रहेका छन् । यस्तै, एचआइएम इन्टरकन्टिनेन्टल नेपालगञ्ज, दिनेश फोर ह्विल धनगढी, अर्किड मोटोकर्प वीरगञ्ज, रोयल अटो वल्र्ड विराटनगर, पाथिभरा अटो लिंक इटहरी, पिनाकल सर्भिस भरतपुर र एलाइन्स मोटर्स बिर्तामोडमा कम्पनीका चार्जिङ प्वाइन्ट छन् । राजस्व घटेपछि हुन्डाई कोनका सय किलोवाट ब्याट्री भएको मूल्य ५६ लाख ९६ हजार र कोनका १ सय ५० किलोवाट ब्याट्री भएको गाडीको ७१ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेको छ । कम्पनीको आइकोनिक एक सय किलोवाट ब्याट्री भएको गाडीको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ पर्छ ।

लक्ष्मी हुन्डाईद्वारा ५० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

कास्की / गण्डकी प्रदेश सरकारलाई नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी हुन्डाईले आज निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ ।  प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी