नेपालमा भित्रियो हुन्डाई प्यालिसेड

काठमाडौं (अस) । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी प्यालिसेड नेपालमा भित्र्याएको छ । कम्पनीका अनुसार यो गाडी सात सिटे प्रिमियम एसयूभी हो । यो कार छिट्टै आधिकारिक रूपमा सार्वजनिक गरिने कम्पनीले बताएको छ । कोरियामा निर्मित प्यालिसेड नेपाली बजारमा २/२ लिटरको डिजेल इन्जिन अप्सनमा आउनेछ । ३८ सय सिसी इन्जिनयुक्त यो गाडीले ५०० आरपीएममा २८७ बीएचपी अधिकतम पावर जेनरेट गर्छ । एसयूभी सेगमेन्टअन्तर्गतको यो गाडीमा आठ स्पिड अटोमेटिक ट्रान्समिसन रहेको छ । कम्पनीले नेपाली बजारमा हुन्डाई प्यालिसेडको सुरुआती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरेको छ । कम्पनीका अनुसार नेपाली बजारमा यो एसभीयूको प्रतिस्पर्धा टोयटाको फर्चुनर, मित्सुबिसी पजेरो र फोर्ड कोइन्डेभरसँग हुनेछ ।  

सम्बन्धित सामग्री

हुन्डाई प्यालिसेड नेपाल भित्रियो

हुन्डाई गाडीको नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्राएको छ। प्यालिसेड ७ सीटर प्रिमियम एसयूभी हो।

हुन्डाई प्यालिसेड नेपाल भित्रियो

हुन्डाई गाडीको नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्राएको छ। प्यालिसेड ७ सीटर प्रिमियम एसयूभी हो।