भोजपुर : आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) भोजपुरले नाम सिफारिस गरेको छ। एमाले जिल्ला कमिटी भोजपुरको पूर्ण बैठकले एक प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्रका लागि एमाले भोजपुरले ३८ जनाको नाम सिफारिस गरेको हो। प्रतिनिधिसभा तर्फ प्रदेश १ का पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राई र पूर्व पर्यटन मन्त्री तथा एमाले प्रदेश कमिटी सदस्य कृपासुर शेर्पाको नाम सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष शरणकुमार राईले जानकारी द