राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्न नेपाल चिकित्सक सङ्घले माग गरेको छ । महासचिव डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई प्रचलित कानुन बमोजिम यथाशीघ्र कारबाही गर्न नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायसँग माग गरेका हुन् ।‘२०७८ भाद्र ११ गते शुक्रबार दिउसो १ः३० बजे राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि गरिएको अत्यन्तै अशोभनीय एवं अकल्पनीय व्यवहारप्रति